- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । पाल्पाको रामपुरमा जारी दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको मुख्य आकर्षणको रुपमा रहेको इन्डो–नेपाल आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवले जितेको छ । फाईनल खेलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३र२ सेटले पराजित गर्दै आर्मीले प्रथम उपाधि हात पारेको हो ।
यससंगै चापाकोट द्वितीय स्थानमा सिमित भएको छ । फाईनल खेलको लगातार पहिलो र दोस्रो सेट २५–१३, २५–१८ अंक सहित हात पारेको थियो । तेस्रो र चौथो सेट चापाकोटले २५–२१, २५–२२ अंकका साथ हात पार्दै खेल बराबरीमा पुर्याएको थियो ।
निर्णायकको रुपमा रहेको पाँचौ सेट त्रिभुवन आर्मी क्लवले १५र७ अंक सहित हात पार्दै उपाधि चुमेको हो । त्यस्तै तृतिय स्थानको लागि भएको खेलमा इण्डियन रेलवेजले ३÷२ सेट अन्तरमा मणिमुकुन्द भलिबल क्लव रुपन्देहीलाई पछि पार्दै तृतिय स्थान हासिल गरेको छ ।
पहिलो सेट २५(१२ अंक सहित हात पारेको इण्डियन रेलवेजले लगातार दोस्रो सेट २१(२५ अंक र तेस्रो सेट ३२(३४ सहित गुमाउन पुग्यो । अन्तत चौथो सेट २५-१८ अंक र पौचौ सेट १५ -१२ अंक सहित हात पादै इण्डियन रेलवेजले तृतिय उपाधी हात पारेको हो ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समुहलाई क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले प्रदान गरे ।
प्रतियागितामा उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लवका धन बहादुर भट्ट, वेष्ट सर्भर त्रिभुवन आर्मीका मान बहादुर श्रेष्ठ र त्रिभुवन आर्मी क्लबकै इश्वर थापा वेष्ट डिफेन्डर, वेष्ट स्पाईकर चापाकोट नगरपालिकाका लक्ष्मण राना, वेष्ट सेटर चापाकोट नगरपालिकाका लोकेन्द्र गिरि र वेष्ट ब्लकर इण्डियन रेलवेजका अवय घोषित भएका छन् ।
प्रतियोगितामा भारतको १ समुह र नेपालका ५ समुह गरी ६ समुहको सहभागीता रहेको थियो । पुस २७ गते शुरु भएको महोत्सव मंगलबार सकिएको छ ।