arrow

दुष्कर्मका पीडित महिलाको कपडाको प्रदर्शनी

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
kapada-pradarsan.jpg

काठमाडौं । विश्वभर विभिन्न किसिमको प्रदर्शनी हुने गरेको छ तर बेल्जियमको राजधानी सहर ब्रसेल्स सहरमा भएको अनौठो किसिमको प्रदर्शनी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

ब्रसेल्समा दुष्कर्मबाट पीडित महिलाहरुको कपडा प्रदर्शनीमा राखिएको हो । यो प्रदर्शनीको उद्देश्य मानिसहरुलाई दुष्कर्मको विरुद्धमा सचेत गराउनु रहेको छ । पीडितलाई सबैभन्दा तपाइँले के लगाउनुभएको थियो भन्ने प्रश्न गरिन्छ । यस्तोमा प्रदर्शनीले कपडाको सम्बन्ध पीडितसँग नरहेको देखाउनका लागि यो प्रदर्शनी गरिएको आयोजकले बताएको छ ।

यस किसिमको दुष्कर्म जहाँ पनि हुनसक्छ । यसको प्रमुख जिम्मेवार पीडकको मानसिकता हुने गरेको छ । कंसास युनिभर्सिटीका विद्यार्थीहरुले बनाएको परियोजनामा आधारित रहेर यो प्रदर्शनी गरिएको हो । यो प्रदर्शनीको लागि ‘वाट यू आर वेयरिङ्ग’ प्रदर्शनीमा आधारित रहेर नक्कली प्रदर्शनी गरिएको हो । यसका लागि उनीहरुले मूल रचनाकारसँग पनि अनुमति लिएका थिए । आयोजकले यस किसिमको प्रदर्शनी पूरा युरोपभर फैलिने विश्वास लिएको छ ।

यस किसिमको प्रदर्शनीमा बाथिङ सुट, बच्चाको स्कुलको ड्रेस र पुलिसको बर्दी पनि सामेल थियो । प्रदर्शनी हेर्न पुगेका मानिसहरुले भने यो प्रदर्शनी निकै भावनात्मक रहेको बताएका थिए । उनीहरुमध्ये एकले दुष्कर्म भएर प्रहरीकोमा जाँदा स्थान र मानिसको भेषभुषालाई पनि कारण बनाउने गरेको अनुभव सुनाएका थिए ।

प्रदर्शनीमा सामेल गरिएका कपडाहरुबाट महिलामाथि जुनसुकै अवस्था र भेषभुषमा पनि दुष्कर्म हुनसक्ने देखाइएको थियो । बेल्जियमको यो प्रदर्शनीमा बेल्जियमका ५६ प्रतिशत मानिसहरुले दुव्र्यवहारबाट पीडित मानिसलाई चिन्ने गरेको र चारमध्ये एक महिला सार्वजनिक स्थानमा शारीरिक उत्पीडनको शिकार भएको उल्लेख गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ