arrow

आफ्नी छोरीबारे अजय देवगनले बताए यस्तो राज

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
ajay_devgn.jpg

काठमाडौं । बलिउडका सिंघम भनेर चिनिने अजय देवगन र काजोलकी छोरी न्यासा सामाजिक सञ्जालमा चर्चित छिन् । यस्तोमा उनी पनि अब छिटै नै बलिउडमा आउनसक्ने समाचारहरु सार्वजनिक भइरहेका छन् । यो कुराको उनका बाबु अजय देवगनले पनि पुष्टि गरेका छन् ।

अजय देवगनले एक अन्तर्वार्ताको क्रममा आफ्नी छोरी अध्ययनमा व्यवस्त रहेको र अहिले उनको बलिउडमा आउने योजना नरहेको तर अभिनयको शोख भने रहेको बताएका हुन् । यस्तोमा उनले आगामी दिनमा बलिउडमा प्रवेश पनि गर्नसक्ने उनले बताए ।  

अजय देवगन र काजोल करीब ९ वर्षपछि 'वर्कफ्रन्ट' मार्फत आउँदैछन् । त्यसका साथै देवगनको ‘टोटल धमाल’ पनि आउँदैछ । उनको यो फिल्म २२ फेब्रुअरीमा सार्वजनिक हुँदैछ ।

हालसालै देवगनले सामाजिक सञ्जालमा एक फोटो (भिडियो फम्र्याटमा) शेयर गरेका थिए । जसमा पत्नी काजोल, छोरी न्यासा, छोरा युग र एक साथी उनका एक साथी परिवारको साथमा समुद्री किनारामा उभिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ