arrow

यसरी विना पैसा घुम्न सकिन्छ पूरा विश्व

logo
प्रकाशित २०७५ माघ ९ बुधबार

काठमाडौं । घुम्नु वा भ्रमणमा जानु कुनै पनि मानिसका लागि निकै महत्वपूर्ण हुन्छ । लामो यात्रामा जानु, नयाँ स्थानको भ्रमण जानु, नयाँ कहानी जान्नु सबैको चाहना हुन्छ । सबैलाई भ्रमणको अवसर मिल्दैन भने धेरैको भ्रमण अवसर पैसाको अभावले हुने गर्छ । यस्तोमा निःशुल्क भ्रमण धेरै मानिसका लागि भ्रमणको सबैभन्दा राम्रो मौका बन्नसक्छ ।
 
यस किसिमको सोच भएका मानिसहरुका लागि मैकिन्से एण्ड कम्पनी, मेरियट, हिल्टन, अमेरिकन एक्सप्रेसजस्ता धेरै कम्पनीहरु छन्, जसले गर्मी महिनामा विभिन्न किसिमको रोजगारीको अवसर सिर्जना गर्छन् । यो रोजगारीको माध्यमबाट लामो समयसम्म विश्वका विभिन्न स्थानहरु घुम्ने र राम्रो आम्दानी पनि गर्ने मौका मिल्नसक्छ ।  यसका लागि आफ्नो यात्रा संस्मरण र यसबारेका घटनाहरु एक ब्लगमा लेख्नुपर्ने हुन्छ । यदि तपाइँको ब्लग मानिसहरुले रुचाएको खण्डमा धेरै पैसा पनि कमाउन सकिन्छ ।

यदि तपाइँसँग कुनै साहसी कार्यक्रम जस्तो कि योगा, पाइलट्स, पहाड चढ्ने, स्किइङ वा डाइभिङमा सिपालु हुनुहुन्छ भने र यसको प्रमाणपत्र पनि छ भने विदेशमा कामको सुनौलो अवसर हुन्छ । विशेषगरी पर्यटकीय क्षेत्रमा यसको राम्रो माग छ ।

भ्रमणको लागि अर्को उपाय विदेशी होटलमा सफाइ, सोधपुछ, प्रशासकजस्ता रोजगारीमा पनि कामको लागि जान सकिन्छ । यदि तपाइँ कुनै विदेशी स्थानमा अस्थायी नोकरी खोजिरहनु भएको छ भने न्युजिल्याण्ड सबैभन्दा राम्रो अवसर हो । यहाँ केही रिसोर्ट र समुद्री तटमा काम गर्ने मानिसलाई पनि निःशुल्क बस्ने सुविधा प्राप्त हुन्छ ।

यदि तपाइँको अङ्ग्रेजी भाषामा राम्रो पकड छ भने तपाइँलाई एक शानदार मौका रहेको छ । डाइभर्बो नामको विश्वव्यापी पकड भएको कम्पनीले यस्तो कार्यक्रम अघि सारेको छ, यसबाट तपाइँ स्कटल्याण्ड, इंगल्याण्ड, क्यानडा, अयरल्याण्ड, अष्ट्रेलियाजस्ता मुलुकमा निःशुल्क भ्रमण गर्न सकिन्छ । यसको बदलामा स्पेनिस वा जर्मन मानिसहरुलाई अंग्रेजी सिकाउनुपर्ने हुन्छ । यसको बदलामा उल्लेख्य तलब पनि पाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ