arrow

प्रदेशस्तरीय कुखुरा महोत्सव बिहीबारदेखि

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
bird-flue.jpeg

घोराही । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङको आयोजनामा बिहीबारदेखि घोराहीमा ५ नं प्रदेशस्तरीय कुखुरा महोत्सव शुरु हुने भएको छ ।

‘कुखुरापालन एवम् बजारीकरणको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कुखुरा तथा दाना व्यवसायी समिति मूल आयोजक समितिका अध्यक्ष नीमबहादुर बुढाथोकीका अनुसार महोत्सवमा ५ नं प्रदेशस्तरको पहिचान झल्किने कुखुरापालनजन्य वस्तुको प्रदर्शनी गरिने छ ।

कुखुरापालनजन्य उत्पादनका प्रशोधित वस्तुको प्रदर्शनी, बिक्री–वितरण गरिने बताइएको छ । महोत्सव यही माघ १८ गतेसम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ