arrow

विद्यालयलाई १६ थान कम्प्यूटर हस्तान्तरण

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
computer-hastantran.jpg

सर्लाही । सर्लाहीको उत्तरी विकट क्षेत्रमा पर्ने कालिन्जोरस्थित नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीलाई १६ थान कम्प्यूटर प्रदान गरिएको छ । रुपान्तर नेपाल नामक संस्थाले बुधबार बयलवासमा एक कार्यक्रम आयोजना गरि विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरेको हो ।

सो संस्थाले यसअघि सरस्वती माध्यमिक विद्यालय भक्तिपुर र जनता माध्यमिक विद्यालय गौरीशङ्करमा पनि कम्प्यूटर सहयोग गरेको थियो । सोही कार्यक्रमका अवसरमा विपत सामाग्री अन्तर्गत ईश्वरपुर नगरपालिकालाई एक सय २५ थान सिरक प्रदान गरिएको संस्थाका फिल्ड को–अर्डिनेटर सुरेश बिसुङखेले जानकारी दिए ।

रुपान्तर नेपालका अध्यक्ष मुकुन्द कुमार शर्माको अध्यक्षता एवं प्रदेश सभा सदस्य रबीन्द्र बैठाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरप्रमुख मनोज कुमार देवकोटा, उपप्रमुख एकाबती देवी चौधरी लगायतको आतिथ्यता रहेको थियो ।

कम्प्यूटर र सिरक हस्तान्तरण कार्यक्रमकै अवसरमा संस्थाले सन् २०१९ मा के–के काम गर्दै छ भन्ने बारेमा सरोकारवालासँग समन्वय बैठक समेत सम्पन्न गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ