arrow

कल बाइपासमा संलग्न भारतीय पक्राउ

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
call-bypass1.JPG

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ब्यूरो टोलीले यही माघ ७ गते काठमाडौँ सामाखुशी रोममार्गस्थित नवराज विक्रम कुँवरको घरमा सुनसरी धरान जिमिचोकका सञ्जीव राईले भाडामा लिएको घरको एउटा कोठामा भारत जयपुरका सुनिल कुमार र राम करन जटले अवैध भिओआइपी सञ्चालन गरिरहेको बेला पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिए । प्रहरीले उक्त कार्य सञ्चालन गर्ने उपकरणसमेत बरामद गरेको छ ।

अनुसन्धानका क्रममा अन्तर्राष्ट्रिय भिओआइपी कल चीनमार्फत ल्याउने गरेको, भारतबाट नेपाल आउँदा अवैध भिओआइपीमा प्रयोग हुने उपकरण साथमा लिइआएको, सिमकार्ड आफूलगायत विभिन्न भारतीय नागरिकको कागजातपत्रका आधारमा आफैँ लिने गरेकोजस्ता कुरा खुलेको ब्यूरोले जनाएको छ । अवैध भिओआइपीविरुद्ध ब्यूरो स्थापनकालदेखि हालसम्म १०७ स्थानमा भएको कारवाहीमा नेपाली १३० र विदेशी ३६ गरी १६६ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिइ अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ