arrow

हुरीले कांग्रेस महाधिवेशनस्थलमा भागदौड, दुई घाईते, मतपत्र हरायो

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
mattadan-2-jpg.jpg.jpeg
काठमाडौं । कांग्रेसको जारी १३औं महाधिवेशनको मतदान हावा हुरीले बेही समयका लागि स्थगित भएको छ।  महाधिवेशन स्थलमा हावा हुरीले भागदौड मच्चिएपछि दुई जना घाइते भएका छन् । घाइतेलाई अस्पताल लगिएको बताइएको छ । कम्तिमा पनि सय मतदाताका हाममा मत पत्र गइसकेपछी हुरी लाग्दा भागदौड मच्चिएको र केही मतपत्र हराएको बताइएको छ । मतपत्र हराएपछि मतदान स्थल सुरक्षा कर्मीले सिल गरेर खोजी भइरहेको छ । हावा हुरीले बुँतका लागि गाडिएका टेण्ट समेत उडाएको छ ।
 
मत पेटिका भने सुरक्षाकर्मीको घेरामा छन् । मतपत्र नभेटिए पुनः मतदान गर्नुपर्ने प्रावधान छ । हुरीले कांग्रेस महाधिवेशनलाई लम्ब्याउने लगभग पक्का भएको छ । सभापतिको मतदान लगभग सकिए पनि सदस्यहरुको साढे दुई सय मत खस्न बाँकी रहेको निर्वाचन अधिकृत लक्ष्मण पन्थीले जानकारी दिए । सभापति र महामन्त्री सम्म हाल १३ जना अनुपस्थित रहेका उनले जानकारी दिए । कुल ३१ सय ६१ मतमा  खुल्ला र क्षेत्र बाहेक ३१ सय ४८ मत खसेको छ । पार्टी सभापतिले मनोनयन गरेका ३० जना महाधिवेशन प्रतिनिधीको विवाद कायमै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ