arrow

तातो तेल परेर जलेकी २२ महिनाकी बालिकाको उपचारार्थ जापानबाट सहयोग 

logo
कौरव खत्री,
प्रकाशित २०७५ माघ १० बिहिबार
50610870_493604407830608_4168152334976679936_n.jpg

गुल्मी । नवलपरासीको एक बच्चाको उपचारको लागि जापानबाट आर्थिक सहयोग जुटाएर पठाइएको छ । गैडाकोट नगरपालिका भृकुटी चोकमा ठेला गरि जीवन निर्वाह गदै आएका कृष्ण पौडेलकी  २२ महिनाकी छोरी सिमरन पौडेल शरिरमा तातो तेल परेर शरिर जलेर भरतपुर चितवन मेडिकल कलेजमा भर्ना भइकी बच्चाको लागि जापानका विभिन्न स्थानहरुमा रहेका विभिन्न व्यक्तिहरुबाट आर्थिक  सहयोग जुटाएर सोमवार बच्चाको लागि नगद रु ५० हजार सहयोग रकम जापानबाट पठाइएको आर्थिक संकलनका अभियान्ता तथा समाजसेवी कृष्ण सापकोटाले जानकारी दिए ।

अभियान्ता तथा समाजसेवी सापकोटाले भने आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि परिवारले आफूसक्दो सहयोग गरिदिन  आग्रह गरेपछि आफू बच्चाको  स्वास्थ्य उपचारमा सहयोग पु-याउनका लागि जापानमा सामाजिक सञ्जाल र फोन सम्र्पकको माध्यमबाट उक्क्त सहयोग रकम जुटेको तथा रकम जुटाउन सहयोग गर्ने र  आर्थिक सहयोगी सम्पूर्णलाई समाजसेवी  सापकोटाले धन्यवाद दिए ।

सामाथ्य नेपालको अभियान तथा सामाजिक अभियान्ता अर्जुन भूषाल मार्फत आज  बच्चाका परिवारलाई उकक्त हस्तान्तरण गरेका  थिए ।

साथै आजै जापानमा बच्चाको  स्वास्थ्य उपचार लागि हामामाचुबासी दिदिबहिनी समूहबाट नगद रु.२२ हजार, १सय, ५१ रुपैयाँ रकम बच्चाको लागि जापानबाट बच्चाको परिवारको पठाइएको समाजसेवी  सापकोटाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ