arrow

नेपालको संविधान उत्कृष्ट छ : भारतका प्रधानन्यायाधीश

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
Thakur_2608704f.jpg.jpeg
काठमाडौँ । पाँच महिनाअघि जननिर्वाचित संविधानसभाले जारी गरेको नेपालको संविधानलाई भारतका प्रधानन्यायाधीश टि एस ठाकुरले उत्कृष्ट दस्तावेजको सङ्ज्ञा दिएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लको १३औँ सम्मेलन र सार्क राष्ट्रका प्रधानन्यायाधीशहरूको १०औँ सम्मेलनमा आज साँझ यहाँ समापन मन्तव्य व्यक्त गर्दै ठाकुरले सार्वजनिक रुपमा त्यस्तो अभिव्यक्ति दिएका हुन्  । 
 
ठाकुरले  ‘‘शान्ति, स्वतन्त्रता, सामाजिक न्याय, स्वतन्त्र न्यायपालिकालगायत नेपाली जनताका भावना र चाहना समेटिएको नेपालको संविधान ज्यादै प्रेरणाप्रद छ’’ भने । लोकतन्त्र, धर्म निरपेक्षता, समानता, न्यायपालिकाको स्वतन्त्रताजस्ता विषयलाई छाडेर अन्य मुद्दामा संविधान संशोधन गर्न सकिने भारतको अनुभव सुनाउँदै उहाँले नेपाली जनताको इच्छानुसारको संविधान जारी हुनु ठूलो उपलब्धि भएको बताए । 
 
“भारतमा संविधान जारी भएको ६६ वर्ष भइसक्यो र त्यसमा १०० पटक संशोधन भइसकेको छ,”– संविधान अपरिवर्तनीय दस्तावेज नभएको दृष्टान्त प्रस्तुत गर्दै ठाकुरले  भने । बङ्गलादेशका प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हाले पनि नेपालको संविधानलाई उत्कृष्ट भन्दै त्यसको स्वागत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ