arrow

मेकानिकल इञ्जिनीयरिङ प्रदर्शनी शुक्रबारदेखि

logo
प्रकाशित २०७५ माघ १० बिहिबार
Mech-eng1.jpg

काठमाडौँ । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा ‘मेकानिकल इञ्जिनीयरिङ’ अध्ययनरत विद्यार्थीले भोलिदेखि ‘दशौँ राष्ट्रिय मेकानिकल इञ्जिनीयरिङ प्रदर्शनी’ आयोजना गर्ने भएका छन् ।

‘मेकनिकल इञ्जिनीयरिङ’ क्षेत्रका नवीनतम विकास प्रदर्शनी गर्न मेकानिक इञ्जिनीयरिङ विद्यार्थी समाजले वर्षेनी प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थी समावेश गर्ने उद्देश्य रहेको समाजका अध्यक्ष विकास कुँवरले बताउनुभयो । प्रदर्शनीमा विद्यार्थी, विज्ञ, प्रविधिप्रेमी गरेर झण्डै २५ हजारको सहभागिता हुने आयोजकको दाबी छ । विद्यार्थीमा आत्मविश्वास बढाउनेसँगै यो कार्यक्रमले उद्यमशीलतातर्फ लैजाने विश्वास गरिएको उनले बताए ।
 
प्रदर्शनी आइतबारसम्म चल्नेछ । पुल्चोकसँगै काठमाडौँ उपत्यका र उपत्यका बाहिर रहेका ‘मेकानिकल र अरु इञ्जिनीयरिङ विषयका विद्यार्थी प्रदर्शनीमा सहभागी हुनेछन् । विसं २०६५ मा स्थापना भएको समाजले वर्षेनी ‘मेकानिकल इञ्जिनीयरिङ प्रदर्शनी गर्दै आएको छ । समाजमा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ