arrow

नेता भरतमोहनलाई सिसियूमा सारियो

logo
प्रकाशित २०७५ माघ १० बिहिबार
bharat_mohan_adhikari.png

काठमाडौं । नेकपा नेता भरतमोन अधिकारीलाई सिसियूमा सारिएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सिसियूमा राखिएको नेकपाका महासचिव विष्णु रिजालले जानकारी दिए । 

माघ २ गते मुटु, स्वासप्रस्वास तथा छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएका अधिकारीलाई बुधबार सिसियूमा राखिएको रिजालद्वारा जारी विज्ञप्तीमा भनिएको छ । उनलाई अहिले ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । ८२ बर्षीय अधिकारीले उपप्रधानमन्त्री, अर्थमन्त्री, जलश्रोत, कानुनलगायतका मन्त्रालयको नेतृत्व गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ