arrow

रहेनन् 'शैली विज्ञान'का अध्येता, जसले समालोचनामा आधुनिकता भित्र्याए 

logo
प्रकाशित २०७५ माघ १० बिहिबार
mohanraj.jpg

काठमाडौं । शैली विज्ञानका अध्येता एवं वरिष्ठ साहित्यकार डा. मोहनराज शर्माको निधन भएको छ । बिहीबार उनको कलंकी स्थित नेसनल अस्पतालमा उनको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित शर्माको विहान उपचारको क्रममा निधन भएको हो । 

साहित्यिक भाषाको अध्ययन गर्ने शैली विज्ञानको अध्येता समेत रहेका शर्माले नेपाली समालोचनामा आधुनिक युगको नेतृत्व समेत गरेका थिए । समालोचनासँगै साहित्यमा समेत धेरै कृतिहरु छापिएका शर्माका विशेषगरी समालोचनागत कृतिहरु नै बढी महत्वपूर्ण छन् । उनको समालोचना बाहेक पनि नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृतिहरु छन् । विसं १९९४ मा काठमाडौंमा जन्मिएका उनको नेपाली विषयमा स्नातक तह र स्नातकोत्तरमा समेत समालोचनागत कृतिहरुको अध्यापन गराईन्छ । 

उनको ‘नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना ९संयुक्त०’, ‘नेपालका केही आधुनिक साहित्यकार’, ‘कथाको विकास प्रक्रिया’, ‘जेमन्त र यमा’, ‘वैकुण्ठ एक्सप्रेस’ ९नाटक०, ‘कोर्रा’ कथासङ्ग्रह, ‘पुछारको पातो, ‘मि। झप्पु सिंह’, ‘च्याँखेधर्ना’ ‘हास्यव्यङ्ग्य’ ९निबन्ध सङ्ग्रह०, ‘शैलीविज्ञान’, ‘रचना र वर्ण विन्यास वैज्ञानिक पद्धति’ लगायत कृति प्रकाशित छन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले शर्माको दुःखद निधन भएको खबर पाइएको उल्लेख गर्दै यसबाट नेपाली साहित्यका लागि अपूरणीय क्षति पुगेको बताए। स्थान र उचित वातावरणको अभावमा कमलादीस्थित प्रतिष्ठानको परिसरमा दिवङ्गत स्रष्टाको शव राखिने क्रम गत वर्षदेखि रोकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ