arrow

कांग्रेस महाधिवेशन : सभापति र महामन्त्रीतर्फको मतदान सकियो

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
mattadan-3.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनको सभापति र महामन्त्री तर्फको मतदान सकिएको छ । सभापति र महामन्त्रीमा ३ हजार १ सय ४७  मत खसेको छ । बाँकी १४ मत खसेन । निर्वाचन समितिका अनुसार खुल्ला र प्रदेश तर्फको अझै दुई सय मत खस्न बाँकी रहेको छ । एक सय ५० जनाले फम लिन बाँकी रहेको र ५० जना बढी यसअघि फम लिएर लाइनमा बसेको बताइएको छ ।
 
सभापतिको मतदान सकिएपनि हुरीले बुँतको टेन्ट उडाएपछि मतदान स्थगित भएकामा फेरि सुरु भएको छ । लाइनमा बसेका मतदाता हुरी आएपछि मत्रपत्र लिएर सुरक्षित स्थानतर्फ लागेका र मतपत्र सुरक्षित रहेको बताइएको छ । सबै मतदान सम्पन्न नभएसम्म मुचुल्का उठाउने र मतगणनाको टुंगो नलाग्ने बताइएको छ । मतगणना ढिलो नै हुने देखिएको छ । 
 
मनोनित ३० जना पटक–पटक लाइन बसे, विवाद कायमै
मनोनित ३० जना महाधिवेशन प्रतिनिधिको विवाद कायमै छ । तत्कातिन पार्टी सभापति सुशील कोइरालाले मनोनयन गरेका ३० जना महाधिवेशन प्रतिनीधिले पटक–पटक लाइनमा बसेपनि मतदान गर्न पाएका छैनन् । उनीहरुले निर्वाचन सिमिति र शीर्ष नेताहरुकहाँ आग्रह गरेपनि विवाद मिल्न सकेको छैन । कतिवयले मतदान गर्न दिने र कतिपयले नदिने अडान राखेका छन् । विधानको प्रावधानलाई लिएर विवाद उत्पन्न भएपछि समस्या भएको हो । 



नयाँ