arrow

कांग्रेस महाधिवेशन : मनोनित ३० जनाबारे टुंगो लगाउन शीर्षनेताहरु छलफलमा

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
NC-election-(11).JPG.jpeg
काठमाडौं । तत्कालिन पार्टी सभापति सुशील कोइरालाले मनोनयन गरेका ३० जना महाधिवेशन प्रतिनीधीले मतदान गर्न पाउने वा नपाउने भन्नेबारे कांग्रेस शीर्ष नेताहरु र निर्वाचनअधिकारीहरुबीच छलफल भइरहेको छ । मनोनित ३० जना महाधिवेशन प्रतिनीधी पटक–पटक मतदानका लागि लाइन बसेपनि मत खसाल्न नपाएपछि विवाद शीर्ष नेताहरुकहाँ पुगेको हो ।
 
शीर्ष नेताहरको आकस्मिक बैठकले उनीहरुबारे टुंगो लगाउने छ । यसैबीच, हावा हुरीले रोकिएको मतदान सुरु भएको छ । खुल्ला र प्रदेशतर्फ अझै डेढ सय बढीले मतदान गर्न बाँकी छ । सभापतितर्फको मतदान सकिएको छ । सभापति र महामन्त्रीमा कुल ३१ सय ६१ मतदाता मध्ये ३ सय ४७ ले मतदान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ