arrow

अहिले पनि प्रयोगमा छन् रामायण र महाभारतका यी अस्त्रहरु

logo
प्रकाशित २०७५ माघ १० बिहिबार
Mahabharat-War.jpg

काठमाडौं । हिन्दू इतिहासका दुई ठूला महाकाव्यहरु रामायण र महाभारतका कथाहरु महायुद्धसँग जोडिएका छन् । राम–रावणको युद्ध तथा पाण्डव–कौरवको युद्धको फरक किसिमको छाप रहेको छ । यी दुई युद्ध कुनै साधारण युद्ध थिएनन् ।

दैवीय शक्ति तथा अस्त्रशस्त्रको प्रसङ्गहरु उक्त युद्धमा आउने गरेका छन् । महाभारत र रामायणमा प्रयोग गरिएका केही शस्त्रहरुको प्रयोग कलियुगमा पनि गरिएको छ । पौराणिक शस्त्रसँग मेल खाने कलियुगका हतियारहरु यस्ता छन् –
 
१. मन्त्र
हिन्दू धर्ममा मन्त्रको निकै ठूलो महत्व रहेको छ । मन्त्र उच्चारण इश्वरको आराधनाको साथमा शस्त्र चलाउनका लागि पनि निकै उपयोगी मानिन्छ । पैराणिक कालमा मन्त्रद्वारा शस्त्रको प्रयोग गरी शत्रुमाथि प्रहार गरिन्थ्यो । अहिले पनि आवाजबाट चल्ने यन्त्रको आविष्कार भइसकेको छ । यो त्यतिबेलाको मन्त्रबाट चल्ने शस्त्रसँग मिल्दोजुल्दो छ ।

२. शिवको तीन वाण
महाभारतमा भीमका नाति बरबरिकलाई शिवले तीन वाण दिएका थिए । जसले उसलाई महाभारतको सबैभन्दा शक्तिशाली योद्धा बनाएको थियो । यसले निशाना लगाएपछि कहिल्यै पनि दायाँबायाँ हुँदैनथ्यो । कलियुगको यस्तै समानता बोकेको हतियार टोरपीडो हो । यो एक स्वचालित हतियार हो, जसले आफ्नो निशानामा गएर आक्रमण गर्न सक्छ । यो हतियार हावा वा पानी दुवैमा काम गर्न सक्छ ।

३. पशुपतास्त्र
यो शस्त्र शिवको आरधनाबाट प्राप्त गरिएको अस्त्र हो । यद्यपि यसलाई ब्रह्मास्त्रबाट रोक्न सकिन्छ । यो हतियारले निशाना जस्तो भए पनि त्यसलाई सहजै ध्वस्त पार्ने क्षमता राख्थ्यो । कलियुगमा त्यसको समान गुण भएको हतियार हाइड्रोजन बम हो ।
 
४. इन्द्रास्त्र
देवताका राजा इन्द्रको अस्त्रसँगै धेरै मानिसहरु डराउँथे । यो हतियारले अनेकौं वाणको वर्षा गर्नसक्थ्यो । कलियुगमा यसको समानता मेसिन गनसँग मिल्दो छ ।

५. अग्नेयस्त्र
अग्निदेवको यो यन्त्रले यस्तो आगो निकाल्थ्यो त्यसलाई निभाउन सकिँदैनथ्यो । कलियुगमा यस्तै गुण बोकेको हतियार फ्लेम थोअर्स हो ।

६. त्वष्ट्र अस्त्र
यो अस्त्र स्वर्गको निर्माता त्वष्ट्रबाट पाइएको हो । यो शस्त्रको माध्यमबाट सेनाले आफ्नो शत्रु चिन्न सक्दैनथे र अन्त्यमा आपसमा नै लडाइँ गरेर आफ्नै विनाश गर्ने । आजकाल विभिन्न युद्धमा प्रयोग गरिने ग्यासहरु यो अस्त्रसँग मेल खान्छ ।

७. सुदर्शन चक्र
विष्णुको यो सर्वप्रमुख अस्त्रको प्रयोग धेरै पटक फरक फरक रुपमा गरिएको छ । यो अस्त्रले केवल विष्णुको आज्ञा पालन गर्ने गथ्र्यो र लक्ष्यलाई पूरै विनाश गथ्र्यो । अहिलेको मिसाइल हतियारमा यसको गुण पाइन्छ ।

८. पुष्पक विमान
रावणको सीता हरणका लागि यो विमानको प्रयोग गरेको थियो । यो विमानले हवाई उडानबाट मानिसलाई गन्तव्यमा पुर्‍याउँथ्यो । कलियुगको पर्सनल हवाई जहाजमा यसको केही गुण पाइन्छ ।
 
९. वज्र
इन्द्रको यो अस्त्र महर्षि दधिचीको हाडबाट बनेको हो । यसले बिजुली पनि निकाल्थ्यो । यसले शत्रुलाई बिजुलीको माध्यमबाट रोक्ने गथ्र्यो । कलियुगको लेजर पनि सोही प्रकृतिको छ ।

१०. ब्रह्मास्त्र
ब्रह्माको यो शस्त्रको प्रयोग महाभारतमा प्रयोग गरिएको थियो । रामायणमा यसको प्रयोग इन्द्रजितले राममाथि गरेका थिए । यो शस्त्रले एकै समयमा ठूलो विनाश निम्त्याउने गथ्र्यो । अहिलेको परमाणु बममा उक्त अस्त्रको समानता पाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ