arrow

अमिताभ बच्चनलाई पनि शत्रु सम्झिन्थिन् यी नायिका

logo
प्रकाशित २०७५ माघ १० बिहिबार
amitab-bariban.jpg

काठमाडौं । बलिउडकी अभिनेत्री परवीन बाबी कुनै समयको बोल्ड नायिकाको रुपमा थिइन् । उनले आफ्नै तरिकाको सुन्दर जीवनशैली अपनाउने गरेकी थिइन् । यद्यपि उनको मृत्यु पनि निकै रहस्यमयी तरिकाले भएको थियो ।

उनको जीन्दगी सधैं छटपटीमा बितेको थियो । उनले केही सुपरहिट फिल्मामा काम गरेकी थिइन् । उनले आफ्नो जीन्दगीको अन्तिम दिन एक्लै बिताएकी थिइन् । उनीबारे धेरै कुराहरु भने बाहिर आएका छैनन् । उनी आफ्नो करियरको शुरुवातमा एक मोडल थिइन् । उनले अहमदावाद युनिभर्सिटीबाट पढाइ गरिरहेकी थिइन् । त्यसैक्रममा प्रसिद्ध निर्माता निर्देशक बीआर इशाराले उनलाई एक चलचित्रका लागि लिएका थिए । यससँगै सन् १९७३ मा रिलिज भएको फिल्ममा उनको प्रवेश भएको थियो ।

उनको शुरुआती फिल्मले खासै चर्चा कमाउन सकेको थिएन तर उनको जीवनको बारेमा भने धेरै चर्चा शुरु भयो । उनी आफ्नो तीन वर्षको करियरमा तीन व्यक्तिसँग जोडिएकी थिइन् । दुर्भाग्यपूर्ण तीनै व्यक्तिहरु विवाहित थिए । आफ्नो दोस्रो फिल्ममा उनको डेनी डोंगजप्पासँग अफेयर्स चलेको थियो । यद्यपि यो धेरै दिनसम्म भने टिकेको थिएन । यसपछि सधैं परवीन बाबीको  अफेयर्स चर्चामा रहेको थियो ।

सन् २०१४ मा दिएको एक अन्तर्वार्तामा महेश भट्टले पनि यी नायिकासँगको सम्बन्ध, प्रेमबारे खुलासा गरेका थिए । उनकाअनुसार उनको मानसिक अवस्था ठिक नरहेको कारण उनी अमिताभ बच्चनलाई पनि शत्रु मान्न लागेकी थिइन् ।

डक्टरलाई देखाउँदा उनलाई सिजोफ्रेनिया नामको रोग लागेको खुलेको थियो, यसको कारण उनलाई आफूलाई कसैले मार्न खौज्दैछ भन्ने भ्रम हुन्थ्यो । एकपटक उनले अमिताभ बच्चनमाथि पनि मार्न खोजेको आरोप लगाएकी थिइन् । जसमा उनले सुटिङ गरिरहेको फिल्मका निर्देशक पनि सामेल थिए । त्यतिबेला उनको मानसिक अवस्था भने ठिक थिएन ।

जीवनभर साँचो मायाको खोजीमा रहेकी परवीन २००५ मा मुम्बईको जुहूमा रहेको आफ्नै फ्ल्याटमा मृत फेला परेकी थिइन् । अहिलेसम्म पनि उनको मृत्यु आत्महत्या हो वा हत्या भन्ने खुलेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ