arrow

डा केसीको जीवन रक्षा गर्न सरकारलाई चिकित्सक संघको अल्टिमेटम

डा केसी आमरण अनसनमा बसेको शुक्रबार १७ दिन

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
dr-kc-bed1.JPG

काठमाडौं । आमरण अनसनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको छ ।

विज्ञप्ति जारी गरी संघले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले डा केसीसंग गरेको सहमति पालना गरी डा केसीको जीवनरक्षा गर्न माग गरेको हो । 


संघले डा केसीको जीवनरक्षाका लागि कुनै पहल नगरे आइतबार १ बजे उपत्यकाका चिकित्सकहरु शिक्षण अस्पतालमा भेला भएर थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने निर्णय गरेको जनाएको छ । 

डा केसी आमरण अनसनमा बसेको शुक्रबार १७ दिन भइसकेको छ । चिकित्सकहरुले डा केसीको स्वास्थ्य कमजोर भएको भन्दै कुनै पनि बेला आइसीयुमा लगेर उपचार गर्नुपर्ने बताएका छन् । 

सरकारले भने अहिलेसम्म कुनै चासो राखेको छैन । 

यस्तो छ विज्ञप्ति 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ