arrow

बलिउिड अभिनेता गोबिन्दाका ३४ वर्षे भतिजा एवं निर्देशक मृत भेटिए

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
janmendra.jpg

काठमाडौं । बलिउड अभिनेता गोबिन्दाका भतिजा जन्मेन्द्र आहुजा मृत भेटिएका छन् । उनको ३४ वर्षको उमेरमै रहस्यमय मृत्यु भएको हो । उनी मुम्बईको यारी रोड एक्सटेन्शनमा भएको एक अपार्टमेन्टमा बस्दै आएका थिए । 

उनको मृत्यु स्वभाविक नभएको भन्दै प्रहरीले छानबिन थालेको छ । केही मिडियाले उनको मृत्यु हृदयाघातले भएको समेत लेखेका छन् । 

कृष्णा अभिषेककी श्रीमती कश्मिरा शाहले भने एक वेबसाइटसँगको कुराकानीमा जन्मेन्द्रको मृत्यु प्राकृतिक भएको बताएकी छिन् ।

Govinda's nephew found dead in Mumbai

उनको मुम्बईको पवन हंस अडेटोरियममा अन्तिम संस्कार गरिसकिएको छ । अन्तिम संस्कारमा गोबिन्दा, कृष्णा अभिषेक, विनय आनन्दसहित परिवारका अन्य सदस्य पुगेका थिए । 

जन्मेन्द्र गोबिन्दाका दाइ निर्माता तथा निर्देशक कीर्ति कुमारका छोरा हुन् । कीर्ति कुमारले आफ्नो घरमा काम गर्ने महेन्द्र र लालीका छोरा जन्मेन्द्रलाई कानूनी रुपमा धर्मपुत्र बनाएका थिए । 

जन्मेंद्र(बीच में) के फेसबुक अकाउंट पर शेयर की गई फैमिली फोटो(फाइल)।

जन्मेन्द्र पनि निर्देशक थिए । उनले ‘प्यार दिवाना होता हे’ मा सह–निर्देशकको रुपमा पनि काम गरेका थिए । 

सन् २००६ मा जन्मेन्द्र र उनका चार साथीहरु विरुद्ध एक महिलामाथि दुर्व्यवहार र उनका श्रीमानमाथि कुटपिटको आरोप लागेको थियो । मुम्बई पुलिसले जन्मेन्द्रविरुद्ध मुद्दासमेत दर्ता गरेको थियो । 

उनमा कुनै रोगसमेत नभएको बताइरहँदा मृत्यु भने रहस्यमयी बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ