arrow

पहिलो पटक एम्बुलेन्स दिवस मनाइयो 

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
ambulance10.png

काठमाडौं । नेपालमा पहिलो पटक ‘एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिउँ’ भन्ने नाराका साथ एम्बुलेन्स दिवस मनाइएको छ । 

काठमाडौंका सरकारी तथा निजी अस्पतालको सहकार्यमा एम्बुलेन्स दिवस मनाइएको हो । 

एम्बुलेन्सको साइरन संकेतसहित शिक्षण अस्पताल महाराजगञ्जबाट निकालिएको एम्बुलेन्स र्याली चावहिल, गौशाला, तिनकुने, बानेश्वर, त्रिपुरेश्वर, रत्नपार्क, लाजिम्पाट हुँदै पुनः शिक्षण अस्पताल पुगेर समापन भएको थियो ।

साइरन बजेपछि एम्बुलेन्सले पहिलो प्राथमिकता पाउँछ । तर काठमाडौंको जाममा कसरी एम्बुलेन्सले स्थान पाउँछ त भनी सोच्नुपर्ने अहिलेको गम्भीर आवश्यकता हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ