arrow

मनोनित ३० जनाले मतदान गर्न नपाउने, मतगणना केहि बेरमा शुरु

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
NC-election-(12).JPG.jpeg
काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन निर्वाचन समितीले ३० जना महाधिवेशन प्रतिनिधीको मत खसाल्ने बारे केन्द्रिय निर्वाचन समितीले मतदान गर्न नपाउने निर्णय गरेको छ। विवादित बिषय भए पनि मतपेटिकामा सिल लगाईसकिएको र उक्त विवादको निर्णय केन्द्रिय समितिले गर्नुपर्ने हुँदा विवादलाई अन्त गर्दै मतदान गर्न नपाउने निर्णय गरेको हो।  सभापति पदकालागि भएको निर्वाचनको मतगणना अब केहि बेरमा शुरु हुने हाम्रा संवाददाताले बताएका छन्। 
 
तत्कालिन पार्टी सभापति सुशील कोइरालाले मनोनयन गरेका ३० जना महाधिवेशन प्रतिनीधीले मतदान गर्न पाउने वा नपाउने भन्नेबारे कांग्रेस शीर्ष नेताहरु र निर्वाचनअधिकारीहरुबीच छलफल पछि उक्त निर्णय गरिएको हो। । मनोनित ३० जना महाधिवेशन प्रतिनीधी पटक–पटक मतदानका लागि लाइन बसेपनि मत खसाल्न नपाएपछि विवाद शीर्ष नेताहरुकहाँ पुगेको थियो । 
 
पहिला १० बजेबाट मतगणना गर्ने भनिए पनि निर्वाचन समितीले सभापति उम्मेद्वारका प्रतिनिधीहरु राखेर मतगणना बिधी बारे छल फल भएपछि मात्र मतगणना शुरु हुने भएको छ। 
 
सभापति पदका प्रत्यासी शेरबहादुर देउवा,रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाका प्रतिनिधी मतगणना स्थलमा प्रवेश गरिसकेका छन् । अब केहि बेरमा मतगणना बिधीबारे छलफल भएर मतगणना शुरु हुने भएको हाम्रा संवाददाताले जनाएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ