arrow

संसद भवनमा सत्तापक्ष र प्रतिपक्षको बैठक, संसद सञ्चालनको विषयमा छलफल

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
Parliament_building.png

काठमाडौं । संसदमा सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी बढ्दै गएपछि सर्वदलीय बैठक नयाँ वानेश्वरमा बसिरहेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई कसरी शान्तिपूर्ण बनाउने भन्ने विषयमा सभामुख कृष्णबहादुर महराको पहलमा साढे १२ बजेदेखि नयाँ वानेश्वरमा बैठक बसिरहेको हो । 

बैठकमा सभामुख महराको साथमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड लगायतका नेताहरु उपस्थित रहेका छन् । त्यस्तै, सत्तापक्षबाट नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानुनमन्त्री भानुभक्त ढकाल लगायतका नेताहरु रहेको बताईएको छ ।

संसद्को हिउँदे अधिवेशनदेखि नै आक्रामक बनेको नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयकमा सत्तापक्षले एकलौटी निर्णण गरेको भन्दै सदन अवरुद्ध गरिरहेको छ । सोही अवसरमा काँग्रेसले शुक्रबारको संसद पनि अवरुद्द गर्ने निर्णय गरेको छ भने सत्ता पक्षले जसरी पनि चिकित्सा शिक्षा विधेयक पारित गराएरै छाड्ने अडान लिएको छ । काँग्रेसले भने स‌ंसदलाई सौहार्दपूर्ण रुपमा अघि बढाउन भरपुर प्रयास गर्ने र सत्तापक्षले जवर्जस्ती गर्न लागे काँग्रेस पनि चुप लागेर नबस्ने काँग्रेस सांसदहरुले चेतावनी दिएका छन् । 

यही परिस्थितीमा सभामुखले स्वतन्त्र भूमिका निर्वाह नगर्ने हो भने शुक्रबारको संसद बैठकमा मुठभेड हुनसक्ने चेतावनी समेत काँग्रेस नेता गगन थापाले बिहीबार पत्रकार सम्मेलनमा नै दिईसकेका छन् । मंगलबारको तेस्रो पठक बोलाईएको बैठकमा सभामुख कृष्णबहादुर महराले जवर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेपछि काँग्रेस सांसदहरुले बैठक हलको ढोकाबाट सांसदहरुलाई छिर्नै नदिने रणनीति लिएको थियो। संसद स्थगन पछि नेता थापाले पत्रकारहरुसँगको कुराकानीको क्रममा सभामुख महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पहिले नै रोष्ट्रममा पठाउन लागेकोले आफूहरुले भित्र छिर्नै नदिने रणनीति बनाएकोे बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ