arrow

एशिया कप टि-२० : बंगलादेशलाई हराउँदै भारत बिजयी

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
Asia_Cup_Final_t-20.jpg.jpeg
काठमाडौं। बर्षाका कारणले १५-१५ ओभरमा छोट्याइएको एशिया कप टि-२० प्रतियोगिताको फाईनलमा भारतले बंगलादशलाई ८ विकेटले हराएको छ। 
 
टस हारेर पहिले बयाटइङ गरेको बंगलादेशले निर्धारित १५ ओभरमा ५ विेकटको क्षतिमा १२० रन बनाएको थियो। उसकालागि महमुदुल्लाहले सार्वाधिक ३३ रन नट आउट बनाएका थिए भने अर्का ब्याट्सम्यान साब्बिर रहमानले पनि नट आउट रहि ३२ रनको योगदान गरेका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको भारतले १३.५ ओभरमा २ विकेट गुमाउँदै १२२ रन बानउँदै जीत हात पारेको थियो। उसकालागि शिखर धवनले ६० रन बनाएका थिए भने विराट कोहलीले नट आउट ४१ रन बनाएका थिए। अन्तमा आएका कप्तान महेन्द्र सिंह धोनीले ६ बलमा २० रन बनाउँदै जित आफ्नो पोल्टामा पारेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ