arrow

काँग्रेसले फेरि रोष्ट्रम घेर्‍यो

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
congress_parliament1.JPG

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रबारको संसदमा पनि रोष्ट्र घेराउ गरेको छ । विरोधका बाबजुत शुक्रबारको बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेपछि काँग्रेसले रोष्ट्रम घेरेको हो ।

संसदको गतिरोध अन्त्यको लागि सत्ता पक्ष र प्रतिपक्षको बैठकमा विना सहमति टुङ्गिए पछि काँग्रेसले संसदको रोष्ट्रम घेरेको हो । शुक्रबार संसद बैठक बस्नु अघि सत्ता पक्ष र प्रतिपक्षबीच संसद भवन नयाँ वानेश्वरमा बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि बसेको संसद बैठकमा काँग्रेसले शुक्रबार पनि विरोध गरेको छ । काँग्रेसले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले काँग्रेसकी सचेतक पुष्पा भुषाललाई बोल्न समय दिएका छन् । 

काँग्रेसले आफ्ना पूर्व सभापतिहरुको नाममा खुलेका अस्पतालहरु खारेज गराउन लागेको, अनसनरत डा। गोविन्द केसीसँग सरकारले गरेको सहमती पूरा नगरेको लगायतका आरोप सहित संसद अवरुद्ध गराउँदै आएको छ ।

काँग्रेसले कुनैपनि हालतमा चिकित्सा शिक्षा विधेयक हुबहु पारित हुन नदिने अडान राख्दै आएको छ भने सत्तापक्ष प्रतिपक्षलाई पेलेरै भएपनि विधेयक हुबहु पारित गर्ने पक्षमा रहेको छ । आफ्ना मागहरु पूरा नभए संसदमा विरोध जारी राख्ने निर्णय गरेपछि सत्तापक्ष पनि गतिरोध अन्त्यको लागि प्रतिपक्षसँग वार्तामा बस्न तयार भएको थियो। तर, सहमति हुन नसकेपछि काँग्रेसको संसदमा विरोध पनि जारी रहेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ