arrow

काँग्रेश महाधिवेशन: सभापति पदको मतगणना शुरु

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
Counting_hamrakura-5.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको आसन्न महाधिवेशनको सभापतिकालागि भएको निर्वाचनको मत गणना शुरु भएको छ। केन्द्रिय निर्वाचन समीतिले निर्वाचन आचारसंहिता तयार गरेपछि मतगणना कार्य शुरु भएको हो। मनोनयनमा परेका ३० जनाले मतदान गर्न नपाएपछि भएको बिवादले मतगनना ढिलो गरि शुरु भएको हो। मतगणनाको जानकारि प्रत्येक ३०० मत गणना पछि दिइने केन्द्रिय निर्वाचन कार्यलले जनाएको छ।
महामन्त्रि, कोषाध्यक्ष र केन्द्रिय समितीको मतपेटिका नेपाली काँग्रेसको केन्द्रिय कार्यलय सानेपा लगिएको जानकारि पनि निर्वाचन समितीले दिएको छ। 
 
राष्ट्रिय सभागृहमा ३ वटा समूह बनाएर मतगणना शुरु भएको छ । कांग्रेसको सभापतिमा ३१ सय ४८ मत खसेको छ । सभापतिमा जित्नका लागि १५ सय ७५ वा त्यो भन्दा बढी मत ल्याउनु पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ