arrow

संसदमा जबर्जस्ती बिधेयक पास गरेपछि बुटवलमा कांग्रेसको विरोध प्रदर्शन

रुपन्देही कांग्रेसले कालो दिनका रुपमा मनाउने

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
congress-btl.jpg

बुटवल । संसदमा जबर्जस्ती चिकित्सा शिक्षा बिधेयक पास गरेपछि नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ । सरकारले गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटनको संघारमा पुर्याएको भन्दै  कांग्रेसले शुक्रबार बुटवलमा प्रदर्शन गरेको हो । बांकेको सुशील कोइराला क्यान्सर अस्पताल र तनहुको जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाइ संघ मातहत नराख्ने सरकारको निर्णयविरुद्ध रुपन्देही काग्रेसले बुटवलको ट्राफिक चोकमा विरोध प्रर्दशन तथा कोणसभा गरेको छ  ।

कोण सभामा बोल्ने नेताहरूले बहुमतको दम्भमा सरकारले एकलौटी रुपमा गलत निर्णय गरेको भन्दै आन्दोलनलाई अझ कडा पारिने चेतावनी दिइएको छ । पूर्व राज्यमन्त्री तथा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले कसैको पनि इतिहास मेटाउने अधिकार सरकारलाई नभएको भन्दै तत्काल निर्णय सच्चाउन माग गरे ।

दश वर्षसम्म हतियार बोकेर जंगलमा बसेको तत्कालिन माओवादीलाइ शान्ति प्रक्रियामा ल्याइ शान्ति सुव्यवस्था कायम गर्न महत्वपुर्ण भुमिका खेल्ने गिरीजाप्रसाद र वर्तमान संविधानका पिता सुशील कोइराला नेपाली कांग्रेसका मात्रै नेता नभइ देशकै गौरवशाली नेता भएको सभापति रज्जाकले बताए ।

राजनीतिक पुर्वाग्रह राखेर लिइएका गलत निर्णय नसच्चिए सरकारविरुद्ध कडा संघर्षका कार्यक्रम जिल्ला सचिब रामकृष्ण खांणले बताए । कार्यक्रममा नेताहरू बिष्णु पोख्रेल, रामप्रसाद अधिकारी लगायतले गिरीजाप्रसाद र सुशील कोइरालाको नाममा रहेको अस्पतालका सम्बन्धमा गरेको निर्णयबाट सरकार पछाडी नहनेसम्म कांग्रेसको आन्दोलन नरोकिने बताए । भेला अघि नेता कार्यकर्ताले बुटवलको महेन्द्रपार्कबाट ट्राफिक चोकसम्म सरकारविरुद्ध नाराबाजी गर्दै र्याली निकालेका थिए।

कांग्रेसको बिरोधका बाबजुद सरकारले जबरजस्ती चिकित्सा शिक्षा बिधेयक सदनबाट पास गरेको भन्दै नेपाली कांग्रेस रुपन्देहीले आज दिनलाइ कालो दिनका रुपमा मनाउने भएको छ ।  काग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकद्धारा जारी बिज्ञप्तीमा कालो दिनका रुपमा आज साँझ ६ बजेपछि जिल्लाका बिभिन्न स्थानमा राके जुलुस सहित बिरोध प्रदर्शन गर्ने जनाइएको छ ।

काग्रेसले बुटवलको राजमार्ग चौराह, भैरहवा, सैनामैना, देवदहको खैरेनी,तिलोत्तमाको मणिग्राम,लुम्बिनी र धकधहीमा बेलुका ६ बजे रांके जुलुस निकालेको छ ।सरकारले बहुमतको दम्भ प्रदर्शन गर्दै जबरजस्ती सदनबाट बिधेयक पास गर्नुलाइ दुर्भाग्यपुर्ण र लोकतन्त्र बिरोधी कदम चालेकोमा कांग्रेसले दुख ब्यक्त गरेको छ ।
बिधेयकलाइ लिएर डा. गोबिन्द केसी अनसनमा बसीरहेकै बेला उनका जायज मागलाइ सम्बोधन गर्नुको साटो जबरजस्ती बिधेयक पास गर्नुले सरकार आम नेपाली जनताको नभइ माफीयाहरुको चङगुलमा फासेको स्पष्ट भएको भन्दै काँग्रेस रुपन्देहीले अव चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने पनि जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ