arrow

डा. केसीको अनशन जारी रहेसंगै चिकित्सकहरूको आन्दोलन पनि जारी 

logo
प्रकाशित २०७५ माघ १२ शनिबार
dr-GKC.jpg

काठमाडौं। सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेकोमा आपत्ति जनाउदै डा. गोबिन्द केसीले अनशन जारी रहने बताए। प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै नेपाली नागरिकमाथि सुनियोजित धोका भएको अनशनस्थलबाट डा. केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आफैले गरेको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट प्रधानमन्त्री ओली च्युत भएको केशीले आरोप लगाए। पन्ध्रौं सत्याग्रहका क्रममा सरकारले डा. केसीसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार विधेयक संशोधन गरी पारित गर्न माग गर्दै पुस २५ देखि शिक्षण अस्पतालमा डा केशीले सोह्रौं अनसन जारी राखेको १७ दिन भएको छ।

विधेयक पारित हुने बेला सत्याग्रहको पक्षमा प्रदर्शन गरेका नागरिकलाई धरपकड र पक्राउ गरिएकोमा सकुशल रिहाइको माग गर्दै डा. केसीले आफ्नो अभियानमा सहभागी हुन खुला अपिल गरेको बिज्ञप्तिमा उल्लेख छ।

यसैबीच, डा. केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै चिकित्सकहरूले आन्दोलनलाई जारी राख्ने बताएका छन्। चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सम्झौताविपरीत विधेयक पारित गरेर सरकारले झुक्याएको आरोप लगाए। 

डा. केसी अनशनरत शिक्षण अस्पताल प्रांगणमा आइतबार दिउँसो काठमाडौं उपत्यकाका अस्पतालका चिकित्सकलाई भेला हुन संघले आह्वान गरेको छ। आवासीय चिकित्सकहरू आकस्मिक सेवाबाहेकका अन्य सेवामा सहभागी नहुने अडान लिएका छन्।

सरकारले डा गोविन्द केसीसँग गरेको सहमति विपरित संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन हुनेछ। चिकित्सा शिक्षा विधेयक सहित ६ बुँदे माग राखेर १८ दिनदेखि डा केसी आमरण अनसनमा छन्। 

सहमति विपरितको विधेयक पारित गरेर संसदले पौने तीन करोड नेपालीलाई धोका दिएको भन्दै डा केसीले अनसन जारी राखेका छन्। डा केसीको जीवन रक्षा र उहाको माग पुरा गर्न सोलिडारिटी फर डा. केसी एलायन्सले शनिबार १२ बजे माइतीघरमा प्रदर्शन गर्ने भएको हो।

१२ बजे सुरु हुने प्रदर्शन बानेश्वरतर्फ जाने डा केसीको समर्थनमा ऐक्यबद्धता अभियानका अभियन्ताहरुले बताए। एलाएन्सले सामाजिक सञ्जालमार्फत प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ