arrow

काँग्रेस महाधिवेशन: सभापति पदकालागि दोस्रो चरणको प्रतिस्पर्धा हुने, ११ मतले देउवा रोकिए

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
congres-Tin-neta.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको १३औं महाधिवेशनमा सभापति पदकालागि भएको निर्वाचनमा कसैले ५०% + १ मत नल्याएको कारणले पुन: नेता शेर बहादुर देउवा र नेता रामचन्द्र पौडेल बिच  सभापति पदकालागि निर्वाचन हुने भएको छ। 
११ मतको कमीले देउवा पहिलो चरणमै सभापति हुनबाट बञ्चित भएका हुन्। 
 
सभापति पदकालागि निर्वाचित हुन कम्तिमा १ हजार ५ सय ७५ मत प्राप्त गर्नु पर्ने स्थितीमा देउवाले १५६४ मत मात्र प्राप्त गर्दा निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणमा देउवा र पौडेल बिच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो चरणको निर्वाचन सोमबार बिहान १० बजे हुने भएको केन्द्रिय निर्वाचन समितीले बताएको छ। 
 
अन्तिम मत परिणाम
शेर बहादुर देउवा- १५६४
रामचन्द्र पौडेल- ११६०
कृष्ण प्रसाद सिटौला- ३२४
बदर- १००



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ