- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फेसबुकले इन्स्टाग्राम, वाट्सएप र फेसबुक म्यासेन्जरको म्यासेजिङ सेवालाई एककृत गर्ने भएको छ । फेसबुकका अनुसार उक्त तीन सेवाहरु स्ट्याण्ड एलोन एपको रुपमा रहनेछन् । यद्यपि तीनै एपहरु एकअर्कामा लिंक गरिएका हुनेछन् ।
फेसबुकले निकै लामो प्रक्रियाको यो एक शुरुवात रहेको बताएको छ । यो योजना सबैभन्दा पहिला न्युयोर्क टाइम्सले अघि सारेको थियो । यो संस्थापक मार्क जुकरवर्गको व्यक्तिगत योजना रहेको बताइएको छ ।
अहिले अघि सारिएको योजनाअनुसार फेसबुकका प्रयोगकर्ताले वाट्सएपमा मात्र एकाउण्ट भएका मानिससँग प्रत्यक्षरुपमा कुरा गर्न सक्नेछन् । यो प्रक्रिया शुरु भइसकेको छ । साथै यो प्रक्रिया सन् २०१९ को अन्तिमसम्ममा सकिने बताइएको छ ।
अहिलेसम्म वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जर छुट्टै कम्पनीको रुपमा काम गर्दै आएका छन् । यस किसिमको कामले फेसबुकको म्यासेजिङ काम निकै छिटो र सहज हुनसक्ने बताइएको छ । त्यसका साथै स्टोरीजस्ता नयाँ फिचर्सहरु राखिएको छ ।
यसले एउटा प्लेटफर्मको व्यवसयका मानिसहरुले आफ्ना अर्को प्लेटफर्म प्रयोग गर्ने ग्राहकसँग वार्ता गर्नसक्ने बताइएको छ । यसअघि नै मार्क जुकरवर्गले यस विषयमा पहल गर्दै आएका थिए ।
फेसबुकले एक वक्तव्य जारी गर्दै सबैभन्दा राम्रो म्यासेजको सेवा प्रदान गर्ने आफ्नो उद्देश्य रहेको बताएको छ । पछिल्लो समय फेसबुक सूचना चोरी लगायका मुद्दाको सामना गर्दै आएको छ ।