arrow

प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघमा अधिकारीको नेतृत्व

logo
प्रकाशित २०७५ माघ १२ शनिबार
democrate-aaurbedic.jpg

काठमाडौं। प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।  महाधिवेशनले संघको नँया कार्यसमिति पनि चयन गरेको छ। 

शनिबार राजधानीमा आयोजित संघको प्रथम राष्ट्रिय महाधिवेशनले संघको नयाँ कार्यसमिति प्रा डा रामचन्द्र अधिकारीको नेतृत्वमा चयन गरेको हो। ३ बर्षे कार्यकाल भएको संघको उपाध्यक्षमा डा अजय चौधरी, महासचिवमा डा वंशदीप खरेल, सचिवमा डा सुदर्शन पोख्रेल, कोषाध्यक्ष डा ऐश्वर्या श्रेष्ठ तथा सदस्यहरूमा डा जितेन्द्र श्रेष्ठ, डा सुमन खनाल, डा हेमन्त शाही, डा ऋषि केशव भूसाल, डा नविन झा, डा लक्ष्मेश्वर मण्डल, डा सबिना खड्का चयन भएका छन्। 

यसअघी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आयुर्वेद क्षेत्रको विकासका लागी आफ्नो पार्टी सदैव लागेको बताए।उनले सर्वप्रथम नेपाली कांग्रेसको सरकारले नै आयुर्वेदलाई राष्ट्रिय चिकित्सा पद्दतिको रूपमा स्विकार गरेको स्मरण गराउदैं कांग्रेसले आयुर्वेदको महत्त्व बुझेको बताए।

' कांग्रेसको सरकारले नै राष्ट्रिय आयुर्वेद नीति पारित गरेको थियो। नीति अनुसारको आयुर्वेद अध्ययन संस्थान बन्न लागेको छ।' उनले भने, 'आयुर्वेद अध्ययन संस्थान, राजर्षि जनक विश्वविद्यालयमा आयुर्वेद शिक्षा लगायतका विषमा साथ दिन कांग्रेस तयार छ।' 

कार्यक्रममा बोल्दै प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघका निवर्तमान अध्यक्ष डा शंकर पौडेलले आयुर्वेद सेवाको विकासमा राज्यले यथेष्ट ध्यान नदिएको गुनासो गरे। ' संघिय संरचनामा आयुर्वेदको अस्तित्वलाई स्विकार गरिएको छैन। आयुर्वेदलाई खुम्चाईदा नागरिकले आयुर्वेद सेवाको उपयोग गर्नबाट बञ्चित भएका छन्।', उनले भने। 

यसैबीच पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघलाई शुभकामना सन्देश दिदैं आयुर्वेदलाई चिकित्सा क्षेत्रमा मात्र नभई अध्ययन र अनुसन्धानको क्षेत्र एवं पर्यटन विकासको केन्द्रविन्दु बनाउन आवश्यक नीति कार्यक्रम निर्माणमा ध्यान दिन आवश्यक रहेको बताएका छन्। 

२०६९ मा स्थापित प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ नेपाली काँग्रेसको शुभेच्छक संस्था हो। विभिन्न कारणवश यसको अधिवेशन समयमा नै हुनसकिरहेको थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ