arrow

चिकित्सा शिक्षा विधयेकमा माफियाको खेल

logo
ज्ञानु श्रेष्ठ
प्रकाशित २०७५ माघ १२ शनिबार
teacher-prg.jpg

रामेछाप। नेपाल शिक्षक संघ संघीय कार्यसमितिका उपाध्यक्ष एमपि भुषालले चिकित्सा शिक्षा विधयेक शिक्षाका माफियाहरुले सदनबाट पारित गराएको आरोप लगाएका छन्। 

नेपाल शिक्षक संघ रामेछाप नगर समितिले शनिबार रामेछापमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा भुषालले संसदमा प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोध र डा गोविन्द केसीको अनसनलाई बेवास्ता गरी माफियाहरुको प्रभावमा परि बहुमतको आडमा बलजफ्ति सदनबाट विधेयक पारित भएको बताए।

माफियाहरुले संसद कब्जा गरी आफ्नो चाहना पुरा गरेका छन भुषालले भने, 'भोली सरकार र भविष्यमा लोकतन्त्र माथिनै धावा बोल्छन्। उनले माफियाहरुबाट हुने यस प्रकारको हस्तक्षेपमा कांग्रेसले सचेतता अपनाउनु पर्ने वताए।

नगर शिक्षक संघका रुद्र केसीको अध्यक्षतामा भएको उक्त प्रशिक्षण कार्यक्रममा कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री लक्ष्मणप्रसाद घिमिरेले मुलुक कम्युनिष्टहरुको अधिनायकबादमा फसेको वताए। उनले दुईतिहाइको नाममा कम्युनिष्ट नेतृत्वको सरकारले लोकतान्त्रिक मुल्यमान्यतालाई लत्याउदै लगेको आरोप लगाए। कम्युनिष्टको बोली र व्यवहारमा आकाश जमिनको फरक पाइएको वताउदै घिमिरेले मुलुकमा सर्बत्र लुट मच्चिएकोमा निराशा पोखे।

कार्यक्रममा कांग्रेस नेता तथा प्रशिक्षक लोकेश ढकालले शिक्षकहरुले वर्तमान परिवेशमा शिक्षा क्षेत्रको सुधारका अतिरिक्त पेशागत मर्यादा र लोकतन्त्रको रक्षाका लागि खेल्नुपर्ने भुमिकाको बारेमा प्रशिक्षण दिनुभएको थियो । 

प्रशिक्षण कार्यक्रमममा नेपाली काँग्रेस रामेछपका सभापति लवश्री न्यौपाने, पूर्व जिल्ला सभापति रामचन्द्र खड्का र नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष नबराज घिमिरेले वर्तमान अवस्थामा शिक्षकहरुको भुमिकाको बारेमा आ आफ्ना धारणाराखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ