arrow

डा केसीको पक्षमा माइतीघरमा कविता वाचन

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
kabi-poet-nirantar-sanibar.jpg

काठमाडौं। डा गोविन्द केसीको पक्षमा स्रस्टाहरुले माइतीघर मण्डलामा आफ्नो रचना पाठ गरेका छन्। निरन्तर शनिबारको यस पटकको शृङ्खला माइतिघरमा गरि उनीहरुले त्यहि कविता वाचन गरेका हुन्। 

सधैँ वाल्मीकि विद्यापीठमा हुने गरेको निरन्तर शनिबार यस पटक सत्याग्रही डा गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै माइतीघर मण्डलामा आयोजना गरिएको थियो।

कार्यक्रमको संयोजन गरेका कवि सोझो गाउँलेले सरकार आफैँले गरेको सहमतिबाट पछि हटेपछि सोह्रौँ अनसन सुरु गरेका डा केसीको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराउन माइतीघर मण्डलामा कार्यक्रम गर्नुपरेको बताएपछि रचना वाचनको क्रम सुरु भएको थियो।

हिउँदे झरीका बाबजुद बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सोझो गाउँले, बलराम दाहाल, सन्ध्या पहाडी, गीता कार्की, रञ्जिता गिरी, सविता बिमली, नारायण सापकोटा, जीवन खत्री, इन्द्र लम्साल, चन्द्रकान्त पौडेल, सुदर्शन शर्मा, पूर्णिमा प्रतिविम्ब, वर्षा वन्दना, केवल कार्की, लक्ष्मण आचार्य,  सुजना न्यौपाने, टेकराज अवस्थी, तिलक राउत, डा सुनिल बुढाथोकी, विनोद खत्री 'आकाश',  रामप्रसाद जोशी, लगायतले आआफ्ना रचना सुनाएका थिए ।

सत्य र न्यायका पक्षमा स्रष्टाहरु भन्दै कवि लेखकहरुले करिब तीन घन्टा माइतीघर मन्डलामा बिताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ