arrow

प्रिमियर लिग : लिभरपुल विजयी, म्यानयुको हार, भान गालमाथि ‘गाल’

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
EPL-FNL.jpg.jpeg

एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुल र वेष्ट ब्रोमविच आल्वियन विजयी भएका छन् । आइतबार राति भएका खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई २–१ ले हरायो । लिभरपुललाई विजयी गराउन रोबेर्टो फर्मिनो र क्रिष्टेन बेन्टेकले एक–एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी हुँदा दोस्रो हाफपछि घरेलु टोली क्रिष्टलले सुरुवाती अग्रता लिए पनि हार जोगाउन सकेन ।

४९औं मिनेटमा क्रिष्टलका जोसेफ लेड्लीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ६३औं मिनेटमा जेम्स मिल्नरले दोहोरो पहेलो कार्ड पाएपछि १० जनामा समेटिएको लिभरपुल आक्रामक बन्दै दुई गोल गरेको हो । उसका लागि फर्मिनोले ७२ र बेन्टेकले ९०औं मिनेटमा गोल गरे । जितसंगै लिभरपुल सातौं स्थानमा पुगेको छ । उसको २८ खेलबाट ४४ अंक भएको छ ।


Mata was shown the second yellow card after a reckless swipe at West Brom captain Darren Fletcher

म्यानयुको खराब लय जारी, भान गालमाथि ‘गाल’
यो सिजन इङ्गलिश प्रिमियर लिगमा खराब लयमा रहेको इङ्गलिश क्लब म्यान्चेस्टर युनाइटेड आइतबार राति वेष्ट ब्रोमको घरेलु मैदानमा १–० ले पराजित भयो । वेष्ट ब्रोमलाई विजयी गराउन जोस सलोमोन रोन्डनले निर्णायक गोल गरे । म्यानयुका स्ट्राइकर ह्वाँ माटा २७औं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट वाहिरिएपछि १० जनामा सिमति बनेको फाइदा वेष्ट ब्रोमले उठायो । म्यानयुको हार यात्राले प्रबन्धक लुइस भान गालको जागिर संकटमा परेको छ । भान गालमाथि टोलीको खराब प्रदर्शनको ‘गाल’ आइपरेको छ । गाल निकै चिन्तित बनेका छन् । सुरुवातमा शीर्ष ४ भित्रै रहेको म्यानयु अहिले अंक तालिकाको छैटौं स्थानमा पुगेको छ ।

हाल सम्म खेलेका २९ खेल मध्ये १३ खेल मात्रै म्यानयुले जितेको छ । बाँकी १६ खेलमा ८ मा हार र ८ खेल बराबरी गरेको छ । म्यानयुको २९ खेलबाट ४७ अंक मात्र छ । शीर्ष स्थानको लेस्टर सिटीको ६० अंक छ भने दोस्रो स्थानको टोटनह्याम हट्सपरको ५५ तथा तेस्रो स्थानको आर्सनलको ५२ अंक छ ।

Man United manager Louis van Gaal looks downcast in the away dug-out as his team slide to another defeat

United manager Louis van Gaal doesn't look too chuffed as Mata walks back to the dressing rooms following his sending off

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ