arrow

यी हुन् सबैभन्दा गरीब मुलुकहरु

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
sierra_leone.png

काठमाडौं । विश्वका मुलुकहरु सम्पन्न वा विपन्न भन्ने कुरा प्रतिव्यक्तिको आम्दानीको हिसाबमा मापन गरिने गरिन्छ । मुलुकको कूल राष्ट्रिय आम्दानी (जीएनआई)मा समग्र जनसंख्याको हिस्सा कस्तो छ भन्ने कुराले मुलुक सम्पन्न हो वा विपन्न हो भन्ने कुराको जानकारी पाउन सकिन्छ ।  प्रतिव्यक्ति आम्दानीको हिसाबमा विश्वका सबैभन्दा गरीब मुलुकहरु यस्ता छन् –
 
१. लाइबेरिया
लाइबेरिया जीएनआईको हिसाबमा सबैभन्दा गरीब मुलुक हो । यो मुलुकको प्रतिव्यक्ति आम्दानी सन् २०१७ मा ७ सय १० अमेरिकी डलर थियो । मुलुकको जीडीपी ३ अर्ब ९१ करोड डलर छ । मुलुकको औसत आयु ६२.५ वर्ष छ ।

२. सेन्ट्रल अफ्रिकी रिपब्लिक
यो मुलुकको प्रतिव्यक्ति आम्दानी ७ सय ३० अमेरिकी डलर छ । सन् २०१७ मा मुलुकको जीडीपी ३ अर्ब ३८ करोड डलर थियो । यो मुलुकमा मानिसहरुको औसत आयु ५२.२ वर्ष रहेको छ ।

३. बुरुण्डी
यो मुलुकको प्रतिव्यक्ति आम्दानी ७ सय ७० डलर छ । मुलुकको जीडीपी २०१७ अनुसार ८ अर्ब ३८ करोड डलर छ । यहाँको औसत आयु ५७.५ वर्ष छ ।

४. डेमोक्रेटिक रिपब्लिक अफ कंगो
यो मुलुकको प्रतिव्यत्ति कूल राष्ट्रय आम्दानी ८ सय ७० डलर छ । मुलुकको जीडीपी ७२ अर्ब १७ करोड डलर छ । औसत आयु ५९.६ वर्ष छ ।

५. नाइजर
यो मुलुकको प्रतिव्यक्ति कूल राष्ट्रिय आय ९ सय ९० डलर छ । मुलुकको जीडीपी २१ अर्ब ८३ करोड डलर रहेको छ । मुलुकको औसत आयु ६०.१ वर्ष छ ।

६. मालावी
यो मुलुकको प्रतिव्यक्ति कूल राष्ट्रिय आम्दानी १ हजार १ सय ८० डलर छ । मुलुकको जीडीपी २२ अर्ब ३९ करोड डलर छ । यो मुलुकका मानिसको औसत आयु ६३.२ वर्ष छ ।
 
७. मोजाम्बिक
मोजाम्बिकको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १२ सय डलर छ । यो मुलुकको जीडीपी ३७ अर्ब १ करोड डलर छ । यहाँको औसत आयु ५८.३ वर्ष छ ।

८. सिएरा लियोन
यहाँको प्रतिव्यक्ति राष्ट्रिय आम्दानी १ हजार ४ सय ८० डलर छ । ११ अर्ब ५३ करोड जीडीपी रहेको मुलुकको औसत आयु ५१.८ वर्ष छ ।

९. माडागास्कर
यो मुलुकको प्रतिव्यक्ति कूल राष्ट्रिय आम्दानी १ हजार ५ सय १० डलर छ । मुलुकको जीडीपी ३९ अर्ब ७६ करोड डलर छ । यहाँको औसत आयु ६५.९ वर्ष छ ।

१०. कोमोरोस
यो मुलुकको प्रतिव्यक्ति कूल राष्ट्रिय आम्दानी १ हजार ५ सय ७० डलर छ । मुलुकको जीडीपी १ अर्ब २६ करोड डलर छ । यहाँको औसत आयु ६३.७ वर्ष छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ