arrow

विक्की कौशलले गरे शाहरुख खानलाई विस्थापित !

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
sharukh-bikki.jpg

काठमाडौं ।  बलिउडका अभिनेता विक्की कौशल आफ्नो फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’को अपार सफलतासँगै चर्चामा छन् । यसैबीच उनको विषयलाई लिएर महत्वूर्ण समाचार सार्वजनिक भएको छ ।

भारतीय पहिलो अन्तरिक्षयात्री राकेश शर्माको कथामा बन्न लागेको फिल्म ‘सारे जहाँ से अच्छा’ मा उनले शाहरुख खानको स्थान लिनसक्ने बताइएको हो ।

सबैभन्दा पहिले यो फिल्मका लागि आमिर खानको नाम लिइएको थियो । पछि यो फिल्ममा शाहरुख खान आउनसक्ने बताइएको थियो । यद्यपि उनले यो फिल्ममा काम अस्वीकार गरेको समाचार बाहिरिएको थियो ।

 अहिले सार्वजनिक भएको समाचारअनुसार भने विक्कीले बलिउडका बादशाह मानिने शाहरुखलाई ‘सारे जहाँ से अच्छा’बाट विस्थापित गर्नसक्ने बताइएको छ । यस विषयमा आधिकारिक रुपमा भने कुनै समाचार सार्वजनिक भएको छैन । निर्देशकले औपचारिक धारणा राख्न बाकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ