arrow

काठमाडौं जिल्लाका निवर्तमान सभापति भिमशेनदास प्रधानको समर्थन देउवालाई

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
Bhimsendas_Pradhan.jpeg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको १३औं महाधिवेशनमा सभापतिको पुन: निर्वाचन हुने भएपछि केहि नयाँ सम्बन्धहरु जोडिंदै गएका छन्। नेपाली काँग्रेस काठमाडौं जिल्लाका निवर्तमान सभापति भिमसेनदास प्रधानले बरिष्ठ नेता एवं सभापतिका उम्मेद्वार शेर बहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेका छन्।
 
आफ्ना शुभचिन्तकहरुसँगको परामर्श पछि प्रधानले देउवालाई समर्थन गर्ने निर्णय गरेको बताईएको छ। प्रधान काठमाडौंका प्रभावशाली नेता मानिन्छन्। उनी काँग्रेसमा राम्रो पकड बनाएका नेताका रुपमा पनि चिनिन्छन्। 
 
काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले दोस्रो चरणको सभापतिको निर्वाचन नगरि पहिलो चरणको मतदानमा आएको मतका आधारमा सर्वसम्मत गर्न आव्हान गरे लगत्तै प्रधानको यस्तो निर्णय आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ