arrow

दुई घण्टाभित्रै सिटौलाका दुई वक्तव्य (पछिल्लो वक्तव्यमा के छ?)

सिटौलाको समर्थन देउवालाई हुनसक्ने

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
krishna-prasad-sitoula.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपाली काँग्रेसको महाधिवेशनको सन्दर्भमा दुई घण्टा भित्रै दुईवटा विज्ञप्ती निकालेका छन्। पहिलो चरणको चुनावको मतपरिणामलाई सम्मान गर्दै पार्टी एकताको लागि गरिएको प्रयास सफल हुन नसकेपछि सिटौलाले दोस्रो चरणको वक्तव्य निकालेका हुन्। सिटौलाले भनेका छन "पार्टी एकताको सकारातम्क सन्देश गर्न दोस्रो चरणको निर्वाचन प्रक्रियामा जानु अगावै सबैको भावना समेट्ने गरि पार्टी एकताका लागि अग्रसर हुन मैले आह्वान गरेको थिए। आजको दिनमा त्यो नै पार्टीलाई एकतावद्ध बनाउने र सबैको भावना समेट्ने उपयुक्त बाटो थियो। समग्र काँग्रेसजनको उत्कट चाहना पनि यहि हो। यद्यपी हाम्रो प्रयास सार्थक हुन सकेन।"
 
सिटौलाले खुलाएर कसैलाई मत नमागेपनि उनको समर्थन शेर बहादुर देउवालाई हुनसक्ने देखिएको छ। उनका निकटहरु देउवालाई मत माग्न थालेका छन्।
 
सिटौलाको वक्तव्यको पूर्ण पाठ यस्तो छः   
 
प्रेस विज्ञप्ती
नेपाली काँग्रेसको १३ औं महाधिवेशनको नेतृत्व छनौट प्रक्रियामा २०७२ फागुन २३ गते आइतवार भएको मतदानबाट सभापतिका कुनै पनि उमेद्वारलाई निर्वाचित हुन आवश्यक मत नआएपश्चात हिजोको मतदानमा व्यक्त मतको सम्मान गर्न र पार्टी एकताको सकारातम्क सन्देश गर्न दोस्रो चरणको निर्वाचन प्रक्रियामा जानु अगावै सबैको भावना समेट्ने गरि पार्टी एकताका लागि अग्रसर हुन मैले आह्वान गरेको थिए। आजको दिनमा त्यो नै पार्टीलाई एकतावद्ध बनाउने र सबैको भावना समेट्ने उपयुक्त बाटो थियो। समग्र काँग्रेसजनको उत्कट चाहना पनि यहि हो। यद्यपी हाम्रो प्रयास सार्थक हुन सकेन।
 
अबको केहि बेरमा हामी दोस्रो चरणको मतदानमा प्रवेश गर्दैछौ। यो अवस्थामा लोकतान्त्रिक प्रक्रियालाई स्वच्छ र सहज रुपमा स्विकारी मतदान प्रक्रियामा सहभागि हुन सम्पूर्ण महाधिवेशन प्रतिनिधीहरुलाई आह्वान गर्दछु। महाधिवेशनमा हामीलाई साथ दिने सबैप्रति हार्दिक धन्यवाद दिदै भोलिका दिनमा पनि पार्टी रुपान्तरणका लागि हाम्रो अभियानमा निरन्तर साथ र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु। 
जय नेपाल।
 
कृष्ण प्रसाद सिटौला
मितिः २०७२ फागुन २४ गते



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ