arrow

चीनमा ४जी भन्दा ५० गुणा छिटो ५जी इन्टरनेट

logo
एजेन्सी
प्रकाशित २०७५ माघ १३ आइतबार

काठमाडौं । चीनको ग्वान्जाओ बाइयुन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनले नयाँ पुस्ताको इन्टरनेट सेवा ५जी शुरु भएको छ । चीनले आफ्नो दक्षिण प्रान्त ग्वान्डोङ प्रान्तमा ५जीको बेस स्टेसन खोलेको हो । 

यो चीनको ५जी सेवाको परीक्षण शुरु गरिएको पहिलो विमानस्थल हो । यो नेटवर्कले अहिले प्रतिसेकेण्ड १.१४ जीबी डाटाको स्पिड दिन सक्छ । यो अहिले जारी रहेको ४ जीको तुलनामा करिब ४० गुणा छिटो हो । 

चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले दिएको जानकारीअनुसार यो ५जी बेस चीनको यूनीकोमको ग्वान्जावो शाखाले निर्माण गरेको हो । यो नेटवर्क हुवावेईको दूरसञ्चार उपकरणबाट सञ्चालनमा ल्याइएको हो । 

चीनको लागि यो विमानस्थल निकै महत्वपूर्ण रहेको छ । सन् २०१७ मा यो विमानस्थलबाट ६ करोड ५८ लाख मानिसले यात्रा गरेका थिए । विमानस्थलका सावै ग्वान्जावो सहरको महत्वपूर्ण क्षेत्रका साथै औद्योगिक क्षेत्रमा पनि ५जी सेवा शुरु गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ