- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबल प्रतियोगिताको पाँचौ चरणमा प्रवेश गरेको छ ।
आइतबार रातिको खेलमा चौथो चरणमा चेल्सीले शेफिल्ड वेनस्डेलाई ३–० ले हरायो ।
चेल्सीको एकतर्फी खेलमा विलियनले दुई गोल गरे । त्यसैगरी क्यालुम हड्सन ओडोईले एक गोल थपे ।
यता इंगलिश प्रिमियर लिगको तेस्रो स्थानमा रहेको क्लब टोटनह्याम हट्सपर भने चौथो चरणबाटै बाहिरिएको छ ।
निरन्तर खराव लयबाट गुज्रेको टोटनह्यामलाई क्रिष्टल प्यालेसले २–० गोल अन्तरले हरायो । प्यालेसको जितमा कोनर विकह्याम र एन्ड्रोस टाउनसेन्डको एक एक गोल सामेल थियो ।
आफ्ना चर्चित खेलाडीहरु ह्यारी केन, डेले अली र हिउङ मिन सनको अनुपस्थितिमा टोटनह्याम अहिले संकटमा छ ।
लिग कपबाट बाहिरिएको एक साता बित्न नपाउँदै टोटनह्याम एफए कपबाट पनि बाहिरिएको हो ।