arrow

राष्ट्रिय सभामा पनि विपक्षीलाई पेलेरै जाने प्रयास, काँग्रेसद्वारा रोष्ट्रम घेराउ 

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
birodh_rastriyasava.jpg

काठमाडौं । प्रतिनिधि सभापछि राष्ट्रिय सभाको बैठकमा समेत जवर्जस्ती प्रक्रिया अघि बढाउने प्रयास भएको छ । सोमबार दोस्रो पटक बसेको संसद बैठकमा काँग्रेस सांसदहरुले उठेर विरोध जनाईरहँदा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले संसखको कारबाही अघि बढाउन निर्देशन दिएका हुन् । 

त्यतिबेला सम्म आफ्नै सिटमा बसिरहेका काँग्रेस सांसदहरु अध्यक्षले सो निर्देशन दिएसँगै रोष्ट्रममा पुगेर नाराबाजी गर्न सुरु गरेका थिए । अध्यक्ष तिमल्सिनाले सभाका सचिव राजेन्द्र फुयाललाई प्रतिनिधि सभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहितको सूचना टेबुल गर्न समय दिएका छन् । पछि प्रतिपक्षीको विरोधका कारण दोस्रो पटक बोलईएको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

पहिलो बैठकमा समेत विरोध गरेको प्रतिपक्षी दलका सांसदहरुले आफूहरुको माग पूरा नभएसम्म विरोध जारी राख्ने निर्णय गरेपछि प्रतिनिधि सभामा सभामुख कृष्णबहादुर महराले पनि जवर्जस्ती बैठक अघि बढाएका थिए । सोही प्रक्रियाले राष्ट्रि सभाका अध्यक्षले पनि जवर्जस्ती संसदीय प्रक्रिया अघि बढाउने संकेत गरेका हुन । 

७ दिन अघि काँग्रेसको अवरोधको कारण नै बस्न नसकी ७ दिनको लागि स्थगित गरेको बैठकक बिहान ११ बजेको लागि बैठक बोलाईएको थियो । सो बैठक सुरु भएसँगै काँग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । पछि काँग्रेस मन्त्रीहरुले आफूहरुको माग पूरा नभएको कारण अझैपनि आफूहरुको अवरोध जारी रहेको बताएका छन्। 

गत सोमबार नेपाली काँग्रेसले दोस्रो पटक बोलाईएको संसद् बैठकमा पनि अवरोध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने रणनीति अनुरुप दोस्रो पटक पनि बैठक अवरुद्ध गरेको हो ।

काँग्रेसको अवरोध पछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सोमबारका सबै कार्यसूचीहरु स्थगित गर्दै आगामी बैठक अर्को सोमबार अर्थात् माघ १४ गतेसम्मको लागि स्थगित गरेका थिए ।

काँग्रेसले केही साता अघि मन्त्रिपरिषदमा पठाईएको विभिन्न ११ वटा स्वास्थ्य संस्थाहरुमध्ये ९ वटा स्वास्थ्य संस्थाको अनुमती स्वीकृति गरेको तर, काँग्रेसका सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थाहरुलाई अनुमतीको स्वीकृति नदिएको भन्दै संसद अवरोध गरिरहेको छ ।

साथै, चिकित्सा क्षेत्रको सुधारको लागि अनसनरत डा। गोविन्द केसीसँगको सहमति विपरित चिकित्सा शिक्षा विधेयकको विरोध र केसीको माग पूरा गर्ने माग सहित काँग्रेसले संसद अबरुद्ध गराउँदै आएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ