arrow

सं‌सारकै कडा सुरक्षा भएका स्थान : जहाँ पुग्न कठिनमात्र होइन, असम्भव छ

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
knox-horror.jpg

काठमाडौं । विश्वको सबै स्थानमा खाजिसकेँ भन्ने भनाइ निकै चर्चित छ । यद्यपि विश्वमा अझै पनि धेरै स्थानहरु छन्, जहाँ जानु निकै कठिन छ । यहाँ विश्वका केही पुग्न निकै कठिन हुने स्थानहरु उल्लेख गरिएको छ –

१. स्वालबार्ड वैश्विक तहखाना, नर्वे
नर्वेको उत्तरी सागरको एक निर्जन द्वीपलाई निकै सुरक्षित राख्नका लागि एक तहखानाको निर्माण गरिएको छ । वैज्ञानिकहरुले निर्माण गरेको २५ करोड प्रजातिका बीजलाई बचाउनु यसको उद्देश्य हो । यसको सुरक्षाको लागि वार्षिक ९० लाख डलर खर्च हुन्छ । यदि कुनै समयमा समग्र विश्व हिउँले ढाकेर नष्ट भयो भने पनि यो क्षेत्र सुरक्षित हुन्छ ।
 

२. फोर्ट नोक्स, केन्टकी, अमेरिका
अमेरिकाको केन्टकीमा निकै बहुमूल्य धातुको सुरक्षाको लागि एक तहखाना निर्माण गरिएको छ । यो तहखानामा अहिले करिब ४५ सय टन शुद्ध सुन रहेको छ । यो तहखानाको सुरक्षाको लागि ३० हजार अत्याधुनिक हतियारसहितका सैनिक राखिएको छ ।
 

३. द ह्वाइट जेन्टलम्यान क्लब, लण्डन, इंगल्याण्ड
यो क्लबको स्थापना सन् १६९३ मा गरिएको थियो । यो क्लबका सदस्य केही विशेष बेलायती नागरिक मात्र हुन सक्छन् । यसको सदस्य सूचीमा पिन्स चाल्र्स, प्रिन्स विलियम, बेलायती प्रधानमन्त्री र क्याम्ब्रिजका ड्यूकसँग रहेको छ । यहाँ नेपोलियनको युद्धको समयका सामग्रीहरुका साथै धेरै राजनीतिक गतिविधिको अभिलेख रहेको दाबी गरिएको छ ।
 

४. वूमेरा वर्जित क्षेत्र, अष्ट्रेलिया
वूमरा नामको सैन्य अभ्यास क्षेत्र अष्ट्रेलियामा १ लाख २४ हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यो निषेधित क्षेत्र हो । यद्यपि यसको आसपासका मानिसहरुका लागि भने खुला छ । यद्यपि यहाँ पुग्नु पनि निकै खतरानक हुन्छ ।

५. रानीको शयनकक्ष, लण्डन, इंगल्याण्ड
बेलायतको बकिंघम प्यालेसमा बेलायती महारानीको शयनकक्ष सन् १७०५ मा बनाइएको थियो । यो रानीको आधिकारिक निवास हो । यद्यपि यहाँको सुरक्षा व्यवस्था निकै कडा छ । सन् १९८२ मा एक व्यक्ति यो कक्षमा पसेर लुकेको थियो, विना अनुमति कोही यो शयनकक्षमा पुगेको पहिलो घटना हो ।
 

६. जियांसू राष्ट्रिय सुरक्षा शैक्षणिक अजायबघर, चीन
चीनको जियान्सूमा रहेको यो क्षेत्रमा चीनको जासुसीको विशेष र महत्वपूर्ण दस्तावेज पनि रहेको छ । यहाँ लिपस्टिकको रुपमा बन्दुक राखिएको छ, यहाँ सिक्काभित्र गोप्य दस्तावेज, कार्ड र नक्सा लुकाइएको हुन्छ । यहाँ केवल चिनियाँ नागरिकले मात्र प्रवेश पाउँछन् । यो मामिलामा चीन सरकार विदेशीलाई विश्वास गर्न सक्दैन ।
 

७. लसकक्स गुफा, फ्रान्स
फ्रान्समा रहेको यो गुफा विश्वको सबैभन्दा महत्वपूर्ण पुरातात्विक खोजमध्येको एक हो । यहाँ हजारौं वर्ष पुराना गुफा भित्तेचित्र तथा आदिम जातिको पुरातन कदमको चिन्ह पनि राखिएको छ । यहाँ सर्वसाधारणलाई आउनजान प्रतिबन्ध लगाइएको छ ।
 

८. एयर फोर्स वन विमान, अमेरिका
यो विमान अमेरिकी राष्ट्रपतिको लागि प्रयोग गरिन्छ । यो आधिकारिक विमालाई सन् १९५३ मा डिजाइन गरिएको थियो । यो विमानमा इलेक्ट्रोम्याग्नेटिक पल्स शिल्टको प्रयोग गरिएको छ । साथै रेडियोधर्मी किरणबाट पनि रहित छ । यसमा मिसाइल पनि रहेको छ र यो र्‍याडरलाई रोक्न पनि सक्षम छ । इन्धन सकिएपछि जमिनमा नआईकन यसले काम गर्न सक्छ ।
 

९. कोकाकोला रेसिपी वाल्ट
कोकाकोलाको रेसिपी वाल्टमा पस्नु प्रतिबन्धित छ । कोकाकोला बनाउने सूत्र एटलान्टाको एक स्टिलको ठुलो तहखानामा बन्द गरेर राखिएको छ । यो सूत्र विश्वका केवल तीन व्यक्तिलाई मात्र थाहा छ ।

१०. बैंक अफ इंगल्याण्ड वाल्ट
विश्वको सबैभन्दा आधुनिकमध्येको एक बैंक अफ इंगल्याण्डको स्थापना सन् १६९४ मा भएको थियो । बैंकमुनि २८ पाउण्डको वजन भएको हजारौं सुनका इँटाहरु छन् । यसको समग्र मूल्य ७३ अर्ब पाउण्ड बराबर छ । लण्डनको जमिनमुनि राखिएको यो यँटाको रक्षा कंक्रिट र स्टिलको बारले रक्षा गर्ने गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ