arrow

आफ्ना जति सबैले छोडेपछि ठाकरेले गरेका थिए सञ्जय दत्तको मद्दत

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
sanjaydutt-thakre.jpg

काठमाडौं । बाल ठाकरेको जीवनमा आधारित फिल्म सार्वजनिक भएको छ । यसमा शिवसेना प्रमुख बालाजी साहेब ठाकरेको भूमिकामा अभिनेता नवाजुद्दीन सिद्दीकीले अभिनय गरेका छन् । यो फिल्मको ट्रेलर नै धेरै मानिसहरुले रुचाएका थिए । आफ्नो जीवनकालमा ठाकरेले आफ्नो क्षमताबाट सबैलाई प्रभावित बनाएजस्तै यो फिल्मलाई धेरैले रुचाएका छन् ।
 
एक राम्रो व्यक्तित्वका साथै ठाकरे एक राम्रो पेन्टर पनि थिए । उनले सञ्जय दत्तलाई पनि ठूलो सहयोग गरेका थिए । सञ्जय दत्त टाडा जेलमा रहेको अवस्थामा सबैले आफ्नो हात झिकेका थिए । सुनील दत्तका सम्धी राजेन्द्र कुमारले बालाजी साहेब ठाकरेलाई भेट्न सुझाएका थिए । उनको सुझावअनुसार ठाकरेसँग सुनील दत्तले भेटेका थिए । भेटपछि उनले सञ्जय दत्तलाई बचाउने आश्वासन दिएका थिए ।
 
सञ्जय दत्तकी बहिनी नम्रता दत्तको विवाह राजेन्द्र कुमारका छोरा कुमार गौरवसँग भएको थियो । सन् १९९३ मा अवैध हतियार राखेको आरोपमा सञ्जय दत्त जेल परेका थिए । सुनील दत्त पनि त्यो समयमा कांग्रेसका नेता थिए तर उनले आफ्ना छोराको लागि केही गर्न सकेका थिएनन् । त्यतिबेला सञ्जय दत्तलाई ठाकरेले सहयोग गरेका थिए ।
 
सञ्जय दत्तले एक पुरानो अन्तर्वार्तामा साहेबको सधैं म्यासेज आउने गरेको बताएका छन् । उनले आफू छँदाछँदै सञ्जय दत्तलाई केही पनि हुन नदिने बताउने गरेका थिए । जेलबाट रिहा भएपछि उनी सिद्धिविनायकको दर्शनपछि ठाकरेलाई भेट्न पुगेका थिए ।
सञ्जय दत्तकी आमा नरगिस दत्त ठाकरेलाई आफ्नो दाजु मान्थिन् । उनी कुनै समस्या परेको खण्डमा मेरो दाजु बाला साहेब ठाकरेकहाँ जानु भन्ने निर्देशन दिन्थिन् । ठाकरेको जीवनसँग सम्बन्धित फिल्म गत शुक्रबार सार्वजनिक भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ