arrow

गिरिजाप्रसाद र सुशील कोइराला अस्पतालका बारे जवाफ दिन सरकारलाई राष्ट्रियसभाको निर्देशन

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
upper-house.JPG

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालका नाममा स्थापित अस्पतालका बारेमा सदनमा नेपाली कांग्रेसले उठान गरेको चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देश गरेका छन् । राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकमा उनले सो निर्देश दिएका हुन् ।

नेपाली कांग्रेसले आफ्ना शीर्ष नेता स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

सोमबारको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो । बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहमतिमा नै आएको सञ्चारकर्मीलाई बताए। उनले एउटा विश्वविद्यालयले पाँच वटाभन्दा बढी चिकित्साशास्त्र अध्ययनका अनुमति दिइसकेको अवस्था रहेको चर्चा गर्दै अगामी दिनमा यसलाई विधेयकले व्यवस्थित गर्नेछ भने ।

नेपाली कांग्रेसका सांसद सुरेन्द्र पाण्डेले आफ्नो पार्टीका सांसहदले सदनमा उठान गरेका विषयवस्तुमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ