arrow

सुन्दर सावित्री स्मृति संस्थाद्वारा पत्रकार क्रान्ति साह पुरस्कृत

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
kanti-saha.jpg

वीरगन्ज । सुन्दर सावित्री स्मृति संस्था काठमाडौंले वीरगन्जका पत्रकार क्रान्ति साहलाइ पुरस्कृत गरेको छ । वीरगन्जमा सोमबार तेश्रो वार्षिक भगवान बुद्ध पूजाको अवसरमा आयोजित कार्यक्रममा सुन्दर सावित्री स्मृति संस्थाले पत्रकार साहलाइ सम्मान पत्र सहित नगद १५ हजार रुपैयाको पुरस्कार प्रदान गर्दै पुरस्कृत गरेको हो ।

 साह , नारायणी एफ एमको स्टेशन प्रबन्धक र अन्नपूर्णपोष्ट राष्ट्रिय दैनिक पत्रिकाका पर्सा जिल्ला संवाददाता हुन् । कार्यक्रममा वीरगन्ज उद्योग वाणज्य संघका अध्यक्ष गोपाल केडिया र संस्थाकी अध्यक्ष रत्नेश्वर कुमारी गोर्खाली श्रेष्ठले शाहलाइ सम्मान पत्र र पुरस्कार राशी प्रदान गरेका हुन् ।

लामो समय देखि पत्रकारीता क्षेत्रमा कृयाशील रहेर विभिन्न क्षेत्रमा योगदान पुरयाएकाले पत्रकार शाहलाइ सम्मान पत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको सुन्दर सावित्री स्मृति संस्थाकी अध्यक्ष रत्नेश्वरी कुमार गोर्खाली श्रेष्ठले बताइन् । संस्थाले यसअघि वीरगन्जका पकारद्वय ध्रुब अधिकारी र विजय कुशवाहलाइ उक्त पुरस्कारबाट पुरस्कृत गरिसकेको छ ।

 सोमबार नै आयोजित कार्यक्रममा सुन्दर सावित्री स्मृति संस्थाले वीरगन्ज १५ भिस्वामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका छात्रछात्राहरुलाइ ७५ थान स्वीटर पनि वितरण गरेको छ ।

 वीरगन्जको भिस्वा डाडामा सुन्दर सावित्री स्मृति संस्थाकी अध्यक्ष रत्नेश्वर कुमारी गोर्खाली श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद एंव काँग्रेस पर्साका पुर्व सभापति राजेन्द्र बहादुर अमात्य, वीरगन्ज उपमहानगरपालिकाकी उपमेयर शान्ति कार्की , संस्थाका सल्लाहकार भुवनेश्वर कुमार प्रधान , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा , समाजसेवी वीरहर्ष शाक्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ