arrow

जहाँ मृत महिलासँग हुन्छ पुरुषको विवाह, चिहानबाट निकालेर बेचिन्छ शव

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
china-marrige.jpg

काठमाडौं । विश्वका दैनिक केही न केही अनौठा घटना सुन्नमा पाइन्छ । यस्तोमा संसारमा एक यस्तो स्थान पनि छ, जहाँ निकै अनौठो लाग्ने परम्परा अहिले पनि चलिरहेको छ ।  चीनमा एक यस्तो स्थान छ, जहाँ मृत युवतीसँग युवाहरु विवाह गर्छन् ।

लाशलाई सजाएर तामझामका साथमा विवाहको पूरा प्रक्रिया पूरा गरिन्छ । चीनको एक गाउँमा विगत ३ हजार वर्षदेखि विवाहको यस्तो परम्परा चल्दै आएको छ । यहाँ भूतसँग विवाहको प्रचलन छ । जहाँ कहिले अविवाहित त कहिले मृत युवकको विवाह मृत महिलासँग गरिदिने चलन छ । जसका लागि केटापक्ष उल्लेख्य रकम तिर्नका लागि पनि तयार हुन्छन् ।

यहाँ केही मानिसहरु महिलाको लाश चोरेर केटाको परिवारलाई बेचेर पैसा कमाउने गर्छन् । यस्तै परम्पराको कारण सन् २०१७ मा चीनको मध्य हेनानमा एक युवती झण्डै मृत्युको मुखमा परेकी थिइन् । उनलाई निद्राको औषधि खुवाएर मार्ने प्रयास गरिएको थियो ।

 उनको लाश बेचेर पैसा कमाउने उनीहरुको योजना थियो । त्यसैगरी सन् २०१६ मा उत्तर पूर्वी चीनमा दुई युवतीको हत्या गरेको मामिला पनि सार्वजनिक भएको थियो । अनुसन्धानमा उनीहरुको लाश बेच्न हत्या गरिएको खुलेको थियो ।

एक चिनियाँ सञ्चारमाध्यमका अनुसार यसको कारण यदि कुनै केटालाई मृत्युपछिसँगै अर्को विवाहित महिलाको चिहान बनाइएको खण्डमा अर्को जन्ममा उसलाई कुमार मर्नुपर्दैन भन्ने मान्यता रहेको छ ।

त्यसका साथै मृत महिलाको विवाह मृत व्यक्तिसँग गरेको खण्डमा उक्त मृत महिलाको आत्मा नभड्किने विश्वास छ । केही मानिस भने यदि कुनै कुमार केटा मृत्यु भएमा कुनै मृत महिलासँग उसको विवाह गर्दा उसलाई जिउँदो हुँदा नमिलेको सुख प्राप्त हुने बताउँछन् । यो मान्यताको कारण मृत महिलाको शवको पनि बिक्री हुने गरेको छ ।

यसको लागि यहाँ एक गिरोह नै सक्रिय रहेको छ । यहाँ एक महिलाको शव कम्तीमा २० हजार डलरसम्ममा बिक्री हुन्छ । चीनले भने सन् २००६ देखि नै यो परम्परालाई गैरकानुनी घोषणा गरिसकेको छ । तर मानिसहरु भने यो परम्परा छोड्न मानिरहेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ