arrow

दोस्रो चरणको मतदान सकियो, मत गणना राति ८ बजेबाट पार्टी कार्यालयमा

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
mattadan-2-jpg.jpg.jpeg
काठमाडौं । कांग्रेसको नयाँ नेतृत्वका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । दोस्रो चरणमा पहिलो चरणभन्दा २८ कम कुल ३१ सय २० मत खसेको निर्वाचन समितिले जनाएको छ ।  पहिलो चरणको मतदानमा सभापतिका कुनै पनि उम्मेद्वारले आवश्यक मत ल्याउन नसकेपछि पुनःमतदान भएको हो । 
 
मतदान सकिएकाे र गणना आजै राति ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समिति सदस्य खम्ब खातीले जानकारी दिए । दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल चुनावी मैदानमा छन् । पहिलो चरणमा कृष्ण प्रसाद सिटौलासहित तीन समूहबीच चुनावी प्रतिस्प्रर्धा भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ