arrow

२४ क्यारेट सुनबाट बनेको आइसक्रिम, खाने कि सजाउने ?

logo
प्रकाशित २०७५ माघ १५ मंगलबार
gold-icecream.jpg

काठमाडौं । महिलाहरुको लागि गहना निकै महत्वपूर्ण मानिन्छ । विशेषगरी नेपाल तथा भारतमा गहनाहरु बनाएर सजाएर राख्ने वा लगाउने चलन अत्यधिक छ । यद्यपि अब भने आइसक्रिम पनि सुनको बन्न थालेको छ ।

सुनबाट बनाइएको आइसक्रिममा २४ क्यारेटको सुनको प्रयोग गरिएको छ । अन्य मुलुकहरुमा पनि खानसकिने सुनको प्रचलन आएकोमा अब भने छिमेकी मुलुक भारतमा यो व्यापार शुरु भएको छ । जहाँ सुनले बनेको आइसक्रिम, दुनोट र पिजाजस्ता खानेकुरा पाइन्छ । यसलाई धनी मानिसको खाना पनि भन्न सकिन्छ । किनकी यस किसिमका खानाहरु निकै महँगा हुने गर्छन् ।
 
भारतका ३ शहरहरु मुम्बई, हैदरावाद र अहमदावादमा यसको स्टोर खोलिएको छ । यो आइसक्रिमको नाम माइटी मीडास राखिएको छ । यसमा १७ प्रकारको सामग्री राखिएको छ । अन्तिममा त्यसलाई सुनको एक तहले छोपिने गरिएको छ । यसको स्वाद पनि भिन्न किसिमको हुने गर्छ । यसको मूल्य करिब १६ सय रुपैयाँबराबर तोकिएको छ ।

अन्य मुलुकहरुमा यसअघि नै शुरु भएको यस किसिमको आइसक्रिमबारे धेरै मानिसहरुले आफ्नो इच्छा व्यक्त गरेपछि विभिन्न कम्पनीहरुले भारतमा यो व्यवसाय शुरु गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ