arrow

मत गणनामा ढिलाई, पहिलो मत पेटिकामै खसेको बाहेक नमुना मत्रपत्र भेटियो

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
Counting_hamrakura.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि सोमबार भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु हुन सकेको छैन । साँझ ७ बजे सकिएको मतदानको गणना ८ बजे भनिएकामा रोकिएको छ । पहिलो मत पेटिका खोल्दा मतपत्रसंगै नमुना मतपत्र र अन्य कागजात भेटिएपछि अन्य मत पेटिकामा पनि त्यसै भेटिए के गर्ने भन्ने अन्योल भएपनि मत गणना आरम्भ हुन नसकेको बुझिएको छ । राष्ट्रिय सभा गृहमा मत खन्याउने र मिलाउने काम आरम्भ भइसकेको थियो । 
 
दोस्रो चरणको मतदानमा सभापति पदका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल चुनावी मैदानमा छन् । पहिलो चरणमा ३१ सय ४८ मत खसेकामा दोस्रो चरणमा पहिलो भन्दा ४८ मत कम ३१ सय २० मत खसेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ