arrow

अन्तरिक्षबाट फर्किँदा मानिसको दिमागमा पर्न सक्छ असर

logo
प्रकाशित २०७५ माघ १५ मंगलबार
space2.jpg

काठमाडौं । अन्तरिक्षबाट फर्किएका मानिसमा अन्य अंगको तुलनामा दिमागमा सबैभन्दा धेरै प्रभाव पर्ने गरेको एक अध्ययनले देखाएको छ । विशेषगरी मानिसको मुभमेन्ट गर्ने र सेन्स पहिचान गर्ने क्षमतामा प्रभावित हुने एक अध्ययनमा देखिएको हो ।
 
१५ अन्तरिक्षयात्रीमाथि गरिएको अध्ययनको क्रममा यस्तो पाइएको हो । अन्तरिक्षमा यात्रा गरेका १५ यात्रीहरुमाथि ये अनुसन्धान गरिएको थियो । वैज्ञानिकहरुले मानिसको दिमागमा गरिएको अध्ययनमा यस किसिमको समस्या लामो समयसम्म भने नरहने बताएका थिए । पृथ्वीमा फर्किएको केही समयमा भने अन्तरिक्षयात्रीले पहिलाको जस्तै व्यवहार गर्न थाल्नेछन् ।

युनिभर्सिटी अफ फ्लोरिडाको कलेज अफ हेल्थ एण्ड ह्युमन परफर्मेन्सका प्रोफेसर रशेल सीडलरका अनुसार अन्तरिक्षमा मानिसको शरीरमा रहेको पानी टाउकोतिर सर्न थाल्छ । किनकी त्यहाँ गुरुत्वाकर्षण छैन । शरीरको पानी दिमागमा सर्ने गरेको कारण अन्तरिक्षयात्रीमा सो समस्या आउने गरेको हो ।

वैज्ञानिकका अनुसार यसलाई ‘न्यूरो आक्युलर सिन्ड्रोम’ भनिन्छ । यो समस्याको कारण अन्तरिक्षबाट फर्किएको केही दिनसम्म उनीहरुलाई हेर्नलाई पनि समस्या हुने गरेको छ । उनीहरुका अनुसार पानीको कारण अप्टक नर्भमा दबाब सिर्जना हुने गरेको छ । अध्ययनमा अन्तरिक्षबाट फर्किएका यात्रीले आफ्नो दिमागमा आदेश पठाउन सक्दैनन् ।  

फर्किएको एक सातासम्म यो समस्या रहन्छ । यद्यपि केही हदलाव भने एक महिनासम्म जारी रहन्छ । यो अध्ययन वैज्ञानिकका लागि मात्र नभई भविष्यमा अन्तरिक्षको भ्रमण गर्ने मानिसहरुका लागि पनि महत्वपूर्ण साबित हुनसक्ने बताइएको छ ।



नयाँ