arrow

आरएसएसका नेताको आरोप – आमिर, नसीरुद्दिन र सिद्धू गद्धार

logo
प्रकाशित २०७५ माघ १५ मंगलबार
aamir-narsudin.jpg

काठमाडौं । भारतको आरएसएस पार्टीका नेता इन्द्रेश कुमारले पञ्जाब सरकारका मन्त्री नवजोत सिंह सिद्धू, अभिनेता आमिर खान र नसीरुद्धिन शाहलाई गद्धार रहेको आरोप लगाएका छन् । उनले जयचन्द्र र मीर जाफरसँग उनीहरुको तुलना गर्दै उनीहरुलाई गद्धार भनेका छन् ।

भारतको अलीगढको एक कार्यक्रममा इन्द्रेश कुमारले तीनैजना राम्रा अभिनेता हुनसक्ने तर उनीहरु देशद्रोही भएकोले सम्मानको लायक भने नरहेको बताएका हुन् ।

इन्द्रेश कुमारले भारतलाई एपीजे अब्दुल कलामजस्ता मानिसहरुको जरुरी रहेको बताएका छन् । उनले मुलुकलाई कसाब, याकूब र इशरतजस्ता मुस्लिमको नभई कलामको बाटोमा चल्ने मुस्लिमको आवश्यकता रहेको बताए ।

आरएसएस नेताले अयोध्या मामिलाको सुनुवाईमा ढिलाइ हुनुमा कांग्रेस, वामपन्थी, क्षेत्रीय साम्प्रदायिक शक्ति र केही न्यायाधीश दोषी रहेको बताए । उनले सबै सन्त र साधु कांग्रेस, वामपन्थी दल र उनीहरुको घरबाहिर धर्नाबस्नु आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ